logo

माउण्ट एभरेष्ट ब्रुअरीद्वारा उत्पादित एभरेष्ट बियरको निर्यात विस्तार गरिने

    2300   पटक पढिएको

२१ चैत्र /अर्थ र व्यापार - माउण्ट एभरेष्ट ब्रुअरीले उत्पादन गर्दै आएको एभरेष्ट बियरको निर्यात विस्तार गर्ने भएको छ । भरतपुर महानगरपालिका–१२ मा रहेको सो कम्पनीले हाल जापान, बेल्जियम र अष्ट्रेलिया बियर पठाउँदै आएको छ । कम्पनीका प्रमुख प्रबन्धक शान्त श्रेष्ठका अनुसार कोरिया, सिङ्गापुर र अमेरिका बियर पठाउनका लागि गृहकार्य भइरहेको छ । कम्पनीको एभरेष्ट प्रिमियम बियर हाल विदेश पठाइँदै आएको छ । श्रेष्ठका अनुसार अमेरिकामा एभरेष्टको ट्रेड दर्ता भइसकेको छ । कोरिया र अष्ट्रेलियामा पनि दर्ताको प्रक्रिया भइरहेको उनले बताए ।

ब्रुअरीले १२ वर्षयता जापानमा एभरेष्ट बियर पठाउँदै आएको छ । वार्षिक चार कन्टेनर बियर जापान जाने गरेको उनले बताए । तीन वर्षअघिबाट बेल्जियम र दुई वर्षअघिबाट अष्ट्रेलिया बियर पठाइँदै आएको छ । वार्षिकरूपमा पाँच कन्टेनर बेल्जियम र तीन कन्टेनर अष्ट्रेलिया जाने गरेको श्रेष्ठले बताए । सात वर्षअघि चीन जाने गरेको भए पनि त्यहाँको बजार बढी प्रतिस्पर्धी भएपछि धान्न नसक्दा हाल रोकिएको छ । हाल निर्यात भइरहेका देशमा खपत बढाउने र नयाँ देशमा निर्यात शुरु गर्ने योजनामा कम्पनी रहेको उनले बताए । विश्वको सर्वोच्च शिखर सगरमाथाको नाम रहेको बियर भएकाले विदेशीले विशेष रुचि राखेको उनले बताए । कतिपयले बियर पिएपछि स्टिकर निकालेर राख्ने गरेको उनको भनाइ छ ।

सरकारले निर्यात गर्दा राजश्वमा छुट दिने गरेको छ । आन्तरिक राजश्व कार्यालय भरतपुरका प्रमुख शुवप्रसाद रिजालका अनुसार बियर निर्यात गर्दा मूल्य अभिवृद्धि कर र अन्तःशुल्क छुट दिने व्यवस्था रहेको छ । रिजालका अनुसार नेपाली बजारमा समेत बिक्री गर्ने यस ब्रुअरीले चालू आवको फागुन मसान्तसम्म रु एक अर्ब १० करोड १६ लाख २७ हजार अन्तःशुल्क बुझाइसकेको छ । माउण्ट एभरेष्ट ब्रुअरीले एभरेष्ट प्रिमियमसँगै गोल्डेन टाइगर स्ट्रङ, राइनो प्रिमियम र राइनो स्ट्रङ बियर उत्पादन गर्दै आएको छ । विसं २०४२ मा अमात्य परिवारले शुरु गरेको यस कम्पनीको पहिलो बियर सानमिगलको ब्राण्ड खोसिएपछि करीब बन्दको अवस्थामा पुगेकामा ब्राण्ड थप गरी निर्यातसमेत गर्न थालेपछि बजार विस्तार गर्न सकेको श्रेष्ठले बताए । कम्पनीमा हाल २२५ ले रोजगारी पाएका छन् । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।