logo

धितोपत्र व्यवसायीहरुको चुक्ता पुँजी अधिकत्तम ७ करोडसम्म

    1993   पटक पढिएको

३ साउन / अर्थ र व्यापार – मर्चेन्ट बैंकर (धितोपत्र व्यवसायीहरु)ले अब आफुले गर्दै आएको काम अनुसार चुक्तापुँजी पुर्याउनु पर्ने भएको छ । मर्चेन्ट बैंकरले सेयर निष्कासन तथा बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभूतीकर्ता, सेयर रजिष्ट्रार, लगानी व्यवस्थापक र संस्थागत परामर्शदाताको रुपमा काम गर्न पाउछन् । धितोपत्र व्यवसायी (मर्चेन्ट बैङ्कर) नियमावली, २०६४ मा पहिलो संशोधन गरेर संस्थागत परामर्शदाता सम्बन्धि काम गर्न सक्ने व्यवस्था समेत थपिदिएको हो ।

नयाँ व्यवस्था अनुसार अब निष्काशन तथा बिक्री प्रबन्धक मात्र काम गरेमा न्यूनतम चुुक्ता पुँजी ५ करोड हुनुपर्नेछ भने धितोपत्र प्रत्याभूतिकर्ता (अण्डरराईटर) को काम गर्दा ७ करोड रुपैयाँ पुँजी हुनुपर्नेछ । सेयर रजिष्ट्रारको काम गर्नेको ३ करोड, लगानी व्यवस्थापकको काम गर्नेको ५ करोड र संस्थागत परामर्शदाताको काम गर्नेको ३ करोड हनुपर्नेछ । एकभन्दा बढि काम गर्नेले भने जुन काम गर्न चुक्ता पुँजी बढि तोकिएको छ त्यही अनुसार पुर्याउनु पर्ने हुन्छ ।

संस्थागत परामर्शदाताको रुपमा काम गर्न चहाने मर्चेन्ट बैंकरले संगठित संस्थाको संरचना हेरफेर, मूल्याङ्कन, व्यवसायिक योजना, लोन सिण्डिकेशन, वर्किङ क्यापिटल फाइनान्सिङ, भेञ्चर क्यापिटल, प्राईभेट इक्विटी, हेज फण्ड जस्ता कोष संचालन, सम्पत्ति व्यवस्थापन लगायतका बिषयमा परामर्श सेवा प्रदान गर्न सक्ने भएका छन् ।

त्यस्तै, संशोधित नियमावलीले धितोपत्र प्रत्याभूतिकर्ता (अण्डरराईटर) ले प्रत्याभुति (अण्डरराइटिङ्ग) गर्दा अन्तिम लेखा परीक्षण भएको नेटवर्थको पाँच गुणासम्म प्रत्याभुती दिन सक्नेछ । लगानी व्यवस्थापकले भने अन्तिम लेखा परीक्षण भएको नेटवर्थको दश गुणासम्म प्रत्याभुति (अण्डरराईटर) वा लगानी व्यवस्थापन गर्न सक्नेछ ।

त्यस्तै, मचेन्ट बैंकर सञ्चालन गरिरहेका बैंकहरु मर्ज भएमा मर्चेन्ट बैंकरहरु पनि मर्ज गर्नुपर्ने, मर्चेन्ट बैंकरले आफुले धारण गरेको सेयर बिक्री गनुपर्दा धितोपत्र बोर्डमा अभिलेख गराउनुपर्ने, सेयर बिक्री प्रबन्धकको कार्य गरेबापत १ लाखभन्दा कम सेवा शुल्क लिन नपाउने व्यवस्था गरेको छ । सेयर बिक्री प्रबन्धक कार्यमा अस्वस्थ प्रतिस्पर्धा बढेको भन्दै यस्तो व्यवस्था गरेको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।