logo

नेपालकै पहिलो आइभी सलाइन उत्पादन गर्ने उद्योग लोमसले किन्यो

    2222   पटक पढिएको

२१ मंसिर/ अर्थ र व्यापार  - लोमस समूहले जनकपुरमा रहेको हिमालयन प्यारेन्टियल एण्ड फर्मुलेशन उद्योग २० करोड रुपैयाँ किनेको छ । नेपाल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदीपजंङ पाण्डेको समूहले ५० प्रतिशत शेयर हिस्सा किनेको हो ।
औषधी, सिमेन्ट, वित्तीय संस्था र हेलिकोप्टरमा लगानी गरिरहेको लोमसले केही दिनअघि मात्रै हिमालयन प्यारेन्टियलको डिल सकेको हो । हिमालयन प्यारेन्टियल कम्पनी नेपालको सलाइनमार्फत दिने औषधी (आइभी सलाइन) उत्पादन गर्ने पहिलो उद्योग हो । पाण्डेले हिमालयन प्यारेन्टियल उद्योग किनेको पुष्टी गर्दै भने, ‘केही दिनअघि मात्रै ५० प्रतिशत स्वामित्व हामीले किनेका छौं । हामीसँग लोमस फर्मा्स्टिकल्स चलाएको तीन दशकको अनुभव पनि छ । त्यही अनुभवका आधारमा हामीले उद्योग किनेका हौं।’ 

उनले अब उद्योगको क्षमता बढाउने बताए । उद्योगको व्यवस्थापन समेत लोमशलेनै हेर्नेछ । उनका अनुसार, उद्योगको नाम समेत परिवर्तन गरेर लोमश प्यारेन्टियल एण्ड फर्मुलेशन राखिनेछ । कौशलकिशोर सर्राफले ०६८ सालमा उद्योग स्थापना गरेका थिए । नेपालकै पहिलो आइभी सलाइन उत्पादन गर्ने उद्योग पूर्ण क्षमतामा चल्न सकेको थिएन । अब लोमश समूहसँग तीन दशकदेखि औषधी उत्पादनको अनुभव भएकाले उद्योगको क्षमता अझै बढ्ने पाण्डे दाबी गर्छन् । 

उद्योगमा यूरोपेली प्रविधिबाट आइभी सलाइन उत्पादन हुन्छ । उद्योगबाट पाँच प्रकारका एन्टिवायोटिकदेखि ११ प्रकारका आइभी सलाइन उत्पादन हुँदै आएको छ । पूर्ण स्वचालित इटालियन मेशिनबाट आइभी सलाइन उत्पादन हुँदै आएको छ । पाण्डेले अमेरिका र युरोपमा उत्पादन हुनेस्तरकै आइभी सलाइन उत्पादन गर्ने प्रविधि उद्योगमा रहेको दाबी गरे । यो उद्योग डब्लुएचओरजिएमपी मापदण्ड अनुसार रहेको उनले जानकारी दिए । यो उद्योगबाट दैनिक ६० हजार आइभी सलाइन उत्पादन हुँदै आएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।