logo

काबरा ग्रुपको तीन प्रकारका तयारी चाउचाउ बजारमा

    2440   पटक पढिएको


१० भदौ/अर्थ र व्यापार– काबरा गु्रपले आइतबारदेखि तीन प्रकारका तयारी चाउचाउ उत्पादन गरेर बजारमा ल्याएको छ ।

मोरङको बुढीगङ्गा गाउँपालिकामा ७० करोडको लगानीमा स्थापित क्वालिटी नुडल्स इन्डस्ट्रिज प्रालिले ‘रोमियो’, ‘ज्याकपट’ र ‘निकनक’ ब्रान्डमा तीन प्रकारका तयारी चाउचाउ बजारमा ल्याएको हो ।

ग्रुपका संरक्षक ९२ वर्षीय गणपतलाल काबराले शनिबार चाउचाउको औपचारिक उद्घाटन गरे । 

सञ्चालक श्याम काबराका अनुसार ७० ग्रामको पाकेटमा निकालिएको ‘रोमियो’ चाउचाउको उपभोक्ता मूल्य १५ रुपैयाँ राखिएको छ । एक पाकेट ‘रोमियो’ चाउचाउ खरिद गर्दा एक थान ‘कान्छा चोकोकिड्स’ उपहार छ ।

त्यस्तै ५५ ग्रामको पाकेटमा उत्पादित ‘ज्याकपट’ चाउचाउको उपभोक्ता मूल्य १० रुपैयाँ छ । एक पाकेट ‘ज्याकपट’ खरिद गर्दा एक थान ठूलो चकलेट उपहार छ । ‘निकनक’ ब्रान्डको चाउचाउ ४५ ग्राममा छ । यसको उपभोक्ता मूल्य पनि १० रुपैयाँ नै राखिएको छ।

काबरा ग्रुपले ‘टेस्टी टेस्टी’, ‘बनबन’, ‘बटर क्रेकर’ र ‘डाइजेस्टिभ’ लगायतका बिस्कुटको उत्पादन गरिरहेको छ । 

आफ्नै कारखानामा उत्पादन र प्रिन्ट गरेको र्यापरमा चाउचाउ प्याक गर्ने आफू पहिलो उद्योगी भएको काबराले बताए । 

हाल दैनिक २२ घण्टा सञ्चालनमा आइरहेको उद्योगले प्रति दिन ६ लाख पाकेट चाउचाउ उत्पादन गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।