logo

८५ प्रतिशतले अन्तर बैंक भुक्तानीमा शुल्क घट्यो

    1731   पटक पढिएको

२१ असार / अर्थ र व्यापार – नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले प्रदान गर्दै आएको अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली (एनसीएचएल आइपीएस) बाट हुने कारोबारमा बैंक वित्तीय संस्थाहरु तथा अन्य सदस्यहरुलाई लाग्ने कारोबार शुल्क घट्ने भएको छ ।

साउनदेखि नेपाली मुद्राको कारोबारमा सदस्यहरुले कारोबार शुल्क रकम सिमाको आधारमा रु. २ देखि रु. १५ सम्म तिरे पुग्ने भएको छ । विदेशी मुद्रा कारोबारमा कारोबार शुल्क रु. १५ रहेनछ । असारसम्म भने हाल कायम रहेको कारोबार शुल्क रु. २ देखि रु. १ सय नै रहनेछ ।

कम्पनीको नयाँ व्यवस्थाअनुसार नेपाली मुद्राको कारोबार सिमा रु ५सय सम्ममा २ रुपैयाँ शुल्क, ५ सय देखि ५ हजार सम्ममा ५ रुपैयाँ शुल्क, ५ हजारदेखि ५० हजारसम्ममा १० रुपैयाँ शुल्क र र ५० हजार भन्दामाथिको कारोबारमा १५ रुपैयाँ शुल्क लाग्ने व्यवस्था गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाको आन्तरिक व्यवस्था अनुसार ग्राहकलाई तोकिने शुल्क भने फरक पर्ने भएकोले ग्राहकहरुलाई बैंकमा नै सम्पर्क राख्न एनसीएचएलले उल्लेख गरेको छ ।

एनसीएचएल आइपीएसमार्फत ग्राहकको रकम ट्रान्सफर, रेमिट्यान्स, तलबभत्ता, लाभांश, आइपीओ रिफन्ड, शुल्क रकम , बिमा, किस्ता भुक्तानी, सरकारी भुक्तानी, क्रेडिटकार्ड बिल भुक्तानीजस्ता काम ७७ भन्दाबढी सदस्यहरु मार्फत गर्न सकिन्छ । कारोबार शुल्क परिमार्जनले बैंक खाताबाट सिधै भुक्तानी कारोबार गर्न सहज हुने र यसको पहुँच समेत वृद्धि हुने छ ।
 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।