logo

सुनचाँदीको आयात १० महिनामै ह्वात्तै बढ्यो 

    1200   पटक पढिएको

४ असार / अर्थ र व्यापार - चालु आर्थिक वर्षको १० महिनामा २८ अर्ब ७७ करोडको सुन–चाँदी आयात भएको छ । सो आयात भएको सुन–चाँदीमध्ये २१ अर्ब १५ करोड ८७ लाखको सुन हो भने ७ अर्ब ६२ करोड ११ लाखको चाँदी हो । गएको वर्षको साउनदेखि वैशाखसम्म करिब २२ अर्ब रुपैयाँ मूल्य बराबरको सुनचाँदी आयात भएको थियो ।

साथै २०७२ वैशाख १२ गतेको भूकम्प र त्यसपछिका परकम्पनका कारण आर्थिक क्षेत्र शिथिल बन्नाले सुनचाँदीको व्यापार खासै फस्टाउन सकेको थिएन । त्यसपछि भएको सीमा नाका बन्दले आर्थिक संकुचन ल्याउनाले त्यसको असर सुनचाँदी बजारमा पनि देखिएको थियो ।

यी र यस्तै कारणले गएको वर्षको वैशाखसम्म जम्मा १५ अर्ब ६९ करोड ६७ लाख रुपैयाँमात्रको सुन आयात भएको थियो भने ६ अर्ब २५ करोड ८६ लाखको चाँदी आयात भएको थियो । गएको वर्ष १० महिनाको तुलनामा चालु आवको यस अवधिमा भएको सुन आयात ५ अर्ब ४६ करोड २० लाखले बढी हो ।गएको वर्षको अन्त्यसम्म १६ अर्ब सात करोड ९५ लाखको सुन र ७ अर्ब १२ करोड २१ लाखको चाँदी आयात भएको थियो । 

साथै यस वर्ष सरकारले मंसिरदेखि फागुनमसान्तसम्मको चार महिनाको अवधिमा २५ किलो र अन्य समयमा २० किलो सुन आयात गर्न पाउने कोटा निर्धारण गरेपछि पनि सुनको आयात बढेको हो । सुनको कोटा बढ्दा बजार सहज बनेको छ भने उपभोक्ताले सुन खरिद गर्दा बजार मूल्यभन्दा बढी रकम खर्चनु परेको छैन ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।