logo

साउनबाट पचास हजारभन्दा माथिको वैदेशिक व्यापार गर्न अनिवार्य सङकेत नम्बर लिनुपर्ने 

    2046   पटक पढिएको

५ असार / अर्थ र व्यापार - सरकारले आउँदो साउनदेखि ५० हजार रुपैयाँ माथिको आयात तथा निर्यात गर्ने व्यवसायीहरुले अनिवार्यरुपमा निकासी पैठारी सङकेत नम्बर (एक्जिम कोर्ड) लिनुपर्ने व्यवस्था लागू गर्ने भएको छ । यस व्यवस्था अनुरुप भारत, चीन तथा तेश्रो मुलुकबाट बस्तु तथा मालसामान अयात निर्यात गर्न व्यवसायीहरुले सो को अनुमतिकारुपमा अनिवार्य सङ्केत नम्बर लिनुपर्ने भएको छ । तर ५० हजार भन्दा कमको आयात निर्यात गर्ने तथा एक पटकमा २५ हजार मूल्य सम्मको मालवस्तु पैठारी र ५ लाख बराबरको मालसामान निकासी गर्न भने सङ्केत नम्बर आवश्यक पर्ने छैन् ।


तर सङ्केत नम्बर लिएका व्यावसायीहरुले जतिसुकै मूल्यको मालसामान निकासी वा पैठारी गर्दा पनि सङ्केत नम्बर उल्लेख गर्नुपर्नेछ । त्यस्तै, सरकारी निकाय, सार्वजनिक संस्थान, सरकारी आयोजना, कुटनीतिक नियोग लगायतले गैर व्यापारिक प्रायोजनका लागि निकासी तथा पैठारी गर्दा भने सङ्केत नम्बर लिनु पर्ने छैन् । सङ्केत नम्बर प्राप्त गर्न मालवस्तु निकासी वा पैठारी वा दुद्द्बै प्रकारका कारोबार गर्ने व्यवसायीले प्रचलित कानुन बमोजिम नियमित रुपमा कर विवरण बुझाउँदै आएको तथा आन्तिरिक राजस्व विभाग र विभाग अन्तर्गतका कार्यलयहरुले कारोबार रोक्का नगरेको र चुक्ता पूँजी २० लाख भएको हुनुपर्ने छ।


तर निकासी मात्र गर्नेको हकमा भने चुक्ता पूँजी ५ लाख भए पुग्ने विभागले बनाएको ‘निकासी पैठारी सङ्केत नम्बर प्रदान गर्ने सम्बन्धी कार्य्विधि, २०७३’ मा उल्लेख गरिएको छ । त्यस्तै, यो सङ्केत नम्बर प्राप्त गर्न निकासी कारोबार मात्र गर्नेले वाणिज्य बैंकले जारी गरेको न्युनतम एक वर्षको अवधि भएको १ लाख रुपैंयाँको तथा निकासी पैठारी दुबै गर्नेहरुको हकमा १० लाख रुपैयाँको बैंक जमानत गर्नु पर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।