logo

चौधरी समूहको साझेदार होटल उबुम्बे ३ करोड ४० लाख ५३ हजार ८८८ डलरमा लिलामी

    1630   पटक पढिएको

१० पुस /अर्थ र व्यापार - रुवाण्डामा लामो समयदेखि लगानीकर्ता विवाद झेलिरहेको चौधरी समूह समेत साझेदार रहेको होटल उबुम्वे अन्तत एक साझेदारले आफ्नो बनाएका छन् । सोमबार भएको लिलामीमा होटल ३ करोड ४० लाख ५३ हजार ८८८ डलरमा लिलामी भएको हो ।

तीन साझेदार रहेको होटल मुकवानो समूहका अलिखान कारमालीकै अर्को कम्पनीले लिलाम बढाबढमा सबैभन्दा बढी रकम तिर्दै आफ्नो बनाएको हो । किगालीस्थित होटलमै भएको लिलामीमा उमुबानो इन्डस्ट्रिजका तर्फबाट हसन गासानाले अन्य चार ले भन्दा बढी रकममा होटलको स्वामित्व कबुलेका थिए । उमुबानो इन्डस्ट्रिज पनि मुक्वानो समूहकै भएको स्रोतले जनाएको छ ।

होटलमा चौधरी ग्रुपको सिजी कर्प ग्लोबल, रुवगाण्डाको निजी क्षेत्रको उद्योग संघका अध्यक्ष रोबर्ट बाफाकुलेरा र मुक्वानो समूहका कारमालीको लगानी थियो । तीन साझेदार बीच होटललाई चौधरी समूहको जिंक ब्राण्डमा संचालन गर्ने सहमति भएपनि दुई साझेदारले सहमति तोड्दै होटललाई हिल्टन समूहको डबल ट्रि ब्राण्ड अन्तर्गत संचालन गर्न लागेको चौधरी समूहले आरोप लगाएको थियो ।

होटल संचालन हुनु अघि नै आपसी सहमति तोडिएको भन्दै सुरु भएको महिनौं लामो बिबादपछि साझेदारहरुले बैंकलाई तिर्न बाँकी १ करोड ८० लाख डलर केसिबी रुवाण्डा बैंकले लिलामी मार्फत असुल गरेको हो । लिलामीमा अन्य चार इच्छुक कम्पनीहरु पनि अन्तिमसम्म होटल आफ्नो बनाउन भिडेका थिए । तर मुक्वानो समूहले नै होटलको स्वामित्व हत्याउन सफल भएको छ । संचालन हुनु तीन महिना अघि नै तीन साझेदारबीच सुरु भएको विवादले होटल लिलामीको अवस्थामा पुगेको थियो ।  

साझेदारहरु बीच असमझदारी बढेपछि ऋण असुल्न कठिनाई हुने देखेर केसिबी रुवाण्डाले लिलामीबाट ऋण उठाइपाउँ भन्दै गत सेप्टेम्बरमा रुवाण्डा विकास बोर्डलाई पत्र लेखेको थियो । त्यसै अनुसार होटल लिलामी प्रक्रियामा गएको थियो ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।