logo

‘१५ औं राष्ट्रिय औद्योगिक प्रर्दशनी २०७५’ पुस १३ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने

    2015   पटक पढिएको

९ पुस/ अर्थ र व्यापार – जुत्ता, चप्पल तथा छालाजन्य बस्तुहरुको ‘१५ औं राष्ट्रिय औद्योगिक प्रर्दशनी २०७५’ पुस १३ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुने भएको छ ।

देशलाई जुत्ता, चप्पल तथा छालाजन्य बस्तुहरुको उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ यो प्रर्दशनी आयोजना गर्न लागिएको हो । ७ दिनसम्म चल्ने प्रर्दशनीमा स्वदेशी उत्पादनका गुणस्तरीय जुत्ता, चप्पलका उत्पादनहरु प्रर्दशनीमा राखिनेछ । प्रर्दशनीमा उपभोक्ताका लागि १५ प्रतिशतसम्म छुटको व्यवस्था पनि गरिएको १५ औं राष्ट्रिय औद्योगिक प्रर्दशनी व्यवस्थापन मूल समितिका संयोजक नवराज गौतमले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी गराए ।

फुट वेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपालले आयोजना गर्न लागेको सो प्रर्दशनीमा झण्डै १ लाख ५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ । ‘राष्ट्र समृद्धिको आधार, स्वदेशी उत्पादनको प्रयोग’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको त्योे प्रर्दशनीको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । नेपालमा अहिले जुत्ता, चप्पलको १ हजार ५ सयभन्दा बढी उद्योगहरु रहेका छन । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।