logo

कार ब्रान्ड टेस्लाले ल्यायो ‘टेस्ला टकिला’ मदिरा, एक घन्टामै स्टक आउट

    2498   पटक पढिएको


२३ कात्तिक/अर्थ र व्यापार– विद्युतीय कार उत्पादन गर्ने टेस्ला (टीएसएलए) ले बिहिबार ’टेस्ला टकिला’ नाममा आफ्नै मदिरा ब्रान्ड सार्जनिक गरेको छ । 

टेस्लाका सीईओ एलन मस्कले उपभोक्तासँग दुई वर्षअघि गरेको बाचा अनुसार बिहिबार ’टेस्ला टकिला’ लञ्च गरेको बताइएको छ ।

मस्कले सन् २०१८ मा ‘टेस्ला टकिला’ ब्रान्ड चाँडै आउँदैछ भन्ने आशयको ट्विट पोस्ट गरेका थिए । मस्कको त्यो पोस्ट अप्रिल फुलका दिन भएकाले अधिकांशले त्यसलाई ठट्टाका रुपमा लिएका थिए । 

विहिबार सार्वजनिक टेस्ला टकिलाको बोटल बिजुली चम्किँदाको जस्तो आकार (लाइट्निङ–सेप्ड) मा सुनौलो रंगमा टेस्टाले ल्याएको छ । टकिला टेस्लाका अन्य उत्पादनजस्तै प्रिमियम रहेको छ । 

७५० मिलिलीटर बोटलको २५० अमेरिकी डलर मूल्य राखेर सार्वजनिक टेस्ला टकिला विक्रीका लागी वेबसाइटमा राखेको एक घन्टाभित्रै सबै बिक्री भइसकेको सूचना जारी गरेको थियो ।

टेस्लाले दुई बोटलभन्दा बढी अर्डर गर्न नपाइने र निश्चित अमेरिकी शहरहरुमा मात्र उपलब्ध हुने जनाएको थियो ।

मस्कको ‘टेस्ला टकिला’ विश्वको चर्चित मदिरा उत्पादक ‘नोसोट्रोस टकिला’ (साउदर्न क्यालिफोर्निया) ले उत्पादन गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।