logo

१ सय ४५ प्रतिशतले बढ्यो क्लिंकरको आयात

    1878   पटक पढिएको

१३ साउन / अर्थ र व्यापार – अघिल्ला दुई वर्ष भूकम्प र नाकाबन्दीका कारण रोकिएका निर्माणका गतिविधिले तीव्रता पाएपछि नेपालमा सिमेन्टको खपत अत्यधिक रूपमा बढेको छ । यससँगै सिमेन्ट उत्पादन गर्न आवश्यक मुख्य कच्चा पदार्थ क्लिंकरको आयात भने उच्च दरमा बढेको छ ।

आर्थिक वर्ष ०७३–७४ को ११ महिना (जेठ मसान्तसम्म) मा नेपालमा २० अर्ब ३४ करोड रुपैयाँको क्लिंकर आयात भएको छ । यो अघिल्लो आर्थिक वर्ष ०७२–७३ को सोही अवधिको तुलनामा १ सय ४५ प्रतिशतले बढी हो । अघिल्लो वर्ष जेठ मसान्तसम्मा ८ अर्ब २८ करोड रुपैयाँको क्लिंकर आयात भएको छ ।

भूकम्प र नाकाबन्दीका कारण अघिल्ला दुई वर्ष मुलुकका विकास र निर्माणका गतिविधिले गति लिन नसक्दा सिमेन्टको खपत न्यून भएको थियो । दुई वर्षसम्म रोकिएको निर्माण गतिविधिले आव ०७३–७४ मा गति लिँदा सिमेन्टको उत्पादन र क्लिंकरको आयात उच्चदरमा वृद्धि भएको छ । समीक्षा आवमा नेपालको आर्थिक वृद्धि पनि ६.२ प्रतिशत भएको छ । सोहि आर्थिक वृद्धिले पनि निर्माणको गतिविधि बढेको देखाउँछ ।

समीक्षा वर्षमा भारतमा क्लिंकरको मूल्य बढेपछि नेपालमा भएको आयात पनि उच्च देखिएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष क्लिंकरको मूल्य झन्डै १५ प्रतिशतसम्मले वृद्धि भएको छ । यसले पनि क्लिंकर आयातको मूल्य उच्च देखिएको हो । यद्यपि, क्लिंकरको आयात परिमाण पनि वृद्धिचाहिँ भएको छ ।

क्लिंकरको आयात उच्च दरमा बढे पनि सिमेन्टको आयात भने घटेको छ । नेपालमै सिमेन्ट उद्योग र उत्पादन बढेपछि आयात घटेको छ । विकास निर्माणले गति लिन थालेसँगै नेपालमा सिमेन्ट उद्योग थपिएका छन् भने क्लिंकरको उद्योग र आयात दुवै बढेको छ । क्लिंकरमा आत्मनिर्भर हुन अझै ३–४ वटा उद्योग थपिनुपर्नेछ ।

नेपालमा सिमेन्ट उद्योगको वृद्धि उत्साहप्रद भए पनि स–साना समस्या भने भजभोगिरहनुपरेको छ । अहिले सिमेन्ट उद्योगको सबैभन्दा ठूलो समस्या कोइला आयातमा रहेको छ । सिमेन्ट उद्योगका लागि कोइला अत्यावश्यक छ । तर, नेपालमा वीरगन्जबाहेकका नाकामा कोइला ल्याउन सकिने व्यवस्था छैन । नेपालका सबै प्रमुख नाकाबाट कोइला आयात गर्न सकिने व्यवस्थाका लागि सरकारले पहल गर्नुपर्ने छ ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।