logo

चिनियाँ इन्डक्सन ४ हजारमा बेचिँदै

    2740   पटक पढिएको

२१ जेठ / अर्थ र व्यापार- चीनबाट आएको ‘इन्डक्सन चुल्हो’ मूल्य घटाएपछि  सजिलै बिक्री भएको छ । अब चुल्हो किन्न चाहानेले  पनि पाउन नसकिने अवस्था नै आएको छ । मंगलबारबाट बिक्री सुरु भएको चिनियाँ चुल्हो ४ दिनमै ११ सय वटा बिकेको हो । शुक्रबार चुल्हो किन्न सर्वसाधारणको नेशनल ट्रेडिङ लिमिटेडको उपत्यका बिक्री वितरण व्यवस्था कार्यालयमा ठूलो भीड लागेको थियो । अब २ सय चुल्हो मात्रै बेच्न बाँकी रहेको छ ।

यसअघि १२ हजार रुपैयाँ कायम गरिएको इन्डक्सन भोलिबाट घटाएर ४ हजार रुपैयाँमा बेचिँदैछ । आज नै चुल्हो बेचेर सकिने अनुमान छ । अहिले चीनबाट पहिलो चरणमा आएका १३ सय इन्डक्सन बिक्री गरिएको हो । चीनबाट नेपाल आएका अरु १० हजार इन्डक्सन कुन मूल्यमा बेच्ने भन्ने अन्योल अझै कायमै छ ।

नाकाबन्दीपछि अनुदानमा चीनबाट १० हजार इन्डक्सन चुल्हो भित्रिएको १४ महिना बित्यो । नाकाबन्दीका बेलामा पहिलो चरणमा चीनबाट आएको १३ सय इन्डक्सनको मूल्य अस्वभाविक रुपमा १२ हजार रुपैयाँ कायम गरिएको थियो । विक्रीमा राखिएका ती इन्डक्सन बिक्री नभएपछि दोस्रो चरणमा ल्याइएका १० हजार इन्डक्सन पनि भन्सार पास नगरी थन्काइएको छ ।

चीनले ५ मिलियन अर्थात ५० लाख आरएमबीमा दोस्रो चरणमा १० हजार चुल्हो दिएको थियो । सरकारले चीनले नियमित अनुदान कटौति हुने गरी इन्डक्सन सहयोग गरेपछि त्यति बराबरकै रकम फिर्ता हुने गरी इन्डक्सनको उच्च मूल्य तोकेको थियो । सरकारले चीनको इन्डक्सन बेचेर त्यसैबाट अनुदान कटौति भए बराबरकै रकम नागरिकसँग असुल गर्न खोजेको थियो । त्यसैअनुसार मूल्य काम गर्दा इन्डक्सनको मूल्य १२ हजार रुपैयाँ पुगेको थियो । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।