logo

११ महिनामा ८९० अर्ब व्यापार घाटा 

    1236   पटक पढिएको

२१ असार / अर्थ र व्यापार – चालु आर्थिक बर्षको ११ महिनामा नेपालको वैदेशिक व्यापार घाटा ८९३ अर्ब पुगेको छ । नेपालले ११ महिनामा ९६० अर्ब ४६ करोडको समान आयात गरेर जम्मा ६७ अर्ब ३६ करोडको मात्रै निर्यात गरेको छ । यो आयात गत आर्थिक बर्षको सोही अवधीको भन्दा २६ दशमलब २ प्रतिशतले बढि हो । निर्यात भने जम्मा ५ दशमलब ८ प्रतिशतले वृद्धि भएको छ ।

कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ७.० प्रतिशत र ९३.० प्रतिशतमा सिमित भएको छ । निकासी— पैठारी व्यापारको अनुपात १ः१३.३ रहेको छ । एघार महीनामा भारतसँगको नेपालको कुल व्यापारको अँश ६५ प्रतिशत रहेको छ भने चीन तथा अन्य मुलुकको अँश क्रमशः १२ दशकमलब ३ प्रतिशत तथा २२ दशमलब ७ प्रतिशत रहेको छ ।

निकासीतर्फ भारत, चीन र अन्य मुलुकको योगदान क्रमशः ५८ दशमलब १ प्रतिशत, २ दशमलब ३ प्रतिशत तथा ३९ दशमलब ६ प्रतिशत रहेको छ । यसै गरी पैठारीतर्फ भारत, चीन र अन्य मुलुकको योगदान क्रमशः ६५.५ प्रतिशत, १३.१ प्रतिशत तथा २१.४ प्रतिशत रहेको छ । एघार  महीनाको अवधिमा नेपालको भारत, चीन र अन्य मुलुकसँगको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा क्रमशः ३३.४ प्रतिशत, १०.२ प्रतिशत तथा १७.३ प्रतिशतले वृद्धि भएको छ । 

निर्याततर्फ भारत र अन्य मुलुकतर्फको निकासीमा क्रमशः १०.७ प्रतिशत तथा १.४ प्रतिशतले वृद्धि भएकोमा चीनतर्फको निकासी भने २१.५ प्रतिशतले ह्रास आएको छ । यसै गरी पैठारी तर्फ  भारत, चीन र अन्य मुलुकतर्फको पैठारीमा क्रमशः ३५.३ प्रतिशत, १०.८ प्रतिशत तथा २०.० प्रतिशतले वृद्धि भएको पाइन्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।