logo

चितवनमा बल्ल ५० प्रतिशत रोपाइँ सकियो

    2300   पटक पढिएको

२९ असार / अर्थ र व्यापार – २९ हजार २ सय हेक्टर धान रोप्ने लक्ष्य राखिएको चितवनमा असार महिना सकिनै लाग्दासम्म जम्मा ५० प्रतिशत मात्रै धान रोपाइँ सकिएको छ । जिल्लाको पूर्वी चितवन क्षेत्रमा ९० प्रतिशत रोपाइँ सकिए पनि पश्चिम चितवनमा भने बल्ल रोपाइँ शुरु भएकोे छ । पश्चिम चितवनमा मात्र ३० प्रतिशत जमिनमा धान रोपिएको छ ।

अघिल्लो वर्ष यो समयसम्म ८० प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सकिएको थियो । यसवर्ष ढिलो गरी मनसुन सुरु हुनु र सिँचाइ सुविधा उपलब्ध नहुँदा रोपाइँ गर्न ढिला भएको हो । जिल्लामा ७० प्रतिशत जमिनमा सिँचाइ सुविधा रहेको र ३० प्रतिशत आकाशे पानीको भर पर्नुपर्ने छ ।

पूर्वी चितवनका अधिकांश जमिनमा सिँचाइको सुविधा छ । पानीको स्रोत पनि राम्रो छ । तर पश्चिम चितवनमा नजिकै नारायणी बगे पनि गण्डक सम्झौताका कारण त्यहाँका स्थानीय जनताले मोटर समेत लगाएर पानी तान्न पाउँदैनन् । 

पश्चिम चितवनमा पूर्वी चितवनको खगेरी सिचाईको नहर र नारायणगढ बसपार्क नजिकको नारायणी लिफ्ट आयोजनाको नहरको पानी रोपाइँको लागि प्रयोग गर्ने गरिन्छ । यी नहर यसै हप्ता मात्रै छाडिएको छ । 

यस वर्ष अधिकांश किसानहरुले सावित्री धान रोपेका छन् । कार्यालयले सावित्री, मध्यम, राधा चार, रामधान, मसिना, हर्दिनाथ एक, मकवानपुरे एक लगायतका धान किसानलाई सिफारिस गरेको छ । जिल्लाको साविकका गाविसहरु पिप्ले, भण्डारा, कठार, कुमरोज र बछ्यौली धान उत्पादनका लागि पकेट क्षेत्र मानिन्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।