logo

गाउँमा एकैपटक ४१ सय सडक आयोजना

    2006   पटक पढिएको

१८ जेठ / अर्थ र व्यापार-राजनीतिक दबाब र प्रभावमा समावेश हुने गरेका ४ हजार १ सयवटा सडक आयोजना स्थानीय तहबाट कार्यान्वयन हुने भएका छन् । यसअघि केन्द्रीय तहबाट कार्यान्वयन हुँदै आएका ४ लाखे र ८ लाखे सडक आयोजना सीधै स्थानीय तहमा पुर्याइएको छ । मन्त्री र प्रभावशाली नेताको दबाबमा ८ लाख र ४ लाख रुपैयाँ बजेट परेका आयोजना अब तल्लो तहमा पुगेका हुन् ।
कुल ८ लाख रुपैयाँ बजेट परेका २२ सय र ४ लाख रुपैयाँ बजेट परेका १९ सय आयोजना कार्यान्वयनमा थिए । ४ लाख र ८ लाख रुपैयाँ बजेट भएका ४१ सय आयोजना केन्द्रबाट सञ्चालित थिए जुन अब गाउमाँ जान्छन् र यी सडकको शीर्षकमा आगामी आर्थिक वर्षका लागि बजेट शून्य गरिएको छ । 
गाउँपालिकाभित्रका ५० लाखसम्मका, नगरपालिकाभित्रका १ करोडसम्मका र उपमहानगर तथा महानगरभित्रका २ करोड रुपैयाँसम्मका आयोजना नयाँ बजेटले स्थानीय तहले कार्यान्वयन गर्ने व्यवस्था गरेपछि केन्द्रबाट कार्यान्वयन भएका ती आयोजना पनि तलै गएका हुन् । बजेटको व्यवस्थाअनुसार अब ठूला आयोजना मात्रै केन्द्र सरकारले अघि बढाउनेछ ।
स्थानीय तहमा सडकबाहेकका २६ अर्ब रुपैयाँभन्दा धेरै रकमका साना आयोजना पनि सारिएका छन् । हरेक मन्त्रालयले स–साना आयोजना आफूखुसी खर्च गर्ने गरेका थिए र पूर्वाधारसँग जोडिएका अधिकांश मन्त्रालयसँग यस्ता खुद्रे आयोजना छन् । भौतिक पूर्वाधार, सहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयनलगायतका मन्त्रालयले यस्ता टुक्रे आयोजनाका लागि पैसा माग्ने गरेका थिए । तर राजनीतिक नेता तथा मन्त्रीको दबाबमा यस्ता आयोजनामा पैसा जाने गरेको छ ।
स्थानीय तहका लागि सरकारले बजेटमार्फत उपलब्ध गराएको रकम खर्च गर्न कार्य्विधिको तयारी गरेको छ । यो कार्य्विधि राजपत्रमा प्रकाशित भएपछि मात्रै केन्द्रको अनुदान स्थानीय तहले पैसा खर्च गर्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।