logo

सामूहिक लगानी कोषबाट ५ वर्षमा ४ गुणा कमाई

    1249   पटक पढिएको

१२ साउन / अर्थ र व्यापार – सेयरबाट पैसा कमाउन चाहने तर बजारमा प्रत्यक्ष होमिने आँट नभएका लगानीकर्ताहरुका लागि उपयुक्त विकल्प हो, सामुहिक लगानी कोष । यस्ता कोषमा लगानी गर्दा पनि ५ वर्षमा प्रतिफल लगभग चौबर भएको उदाहरण देखिएको छ ।

नेपालमा सबैभन्दा पहिलो व्यवसायिक सामूहिक लगानी कोष हो, सिद्धार्थ क्यापिटलले ल्याएको ‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम’ । आगामी पुस ९ गते यो परिपक्व हुदैछ अर्थात् योजना समाप्त हुँदैछ । त्यतिबेलासम्म यो योजनामा सुरुमा १० हजार रुपैयाँ हालेको लगानीकर्ताले करिब ३६ हजार कमाइ गर्ने देखिएको छ ।

५ वर्ष परिपक्व अवधि रहेको यो योजनाले पहिलो आर्थिक वर्ष–योजना सञ्चालनमा आएको ६ महिनामा ४.५ प्रतिशतका दरले, दोस्रो र तेस्रो दुवै वर्ष १५ प्रतिशतका दरले र चौथो वर्ष ३० प्रतिशतका दरले नगद लाभांश दिएको छ । १० हजार हाल्नेले यो अवधिसम्म ६ हजार ४ सय ५० रुपैयाँ कमाइसकेका छन् ।

गत आवको नाफापछि यो योजनाले यस वर्ष लगभग ३० प्रतिशत लाभांश दिन सक्ने अवस्थामा रहेको बुझिएको छ । यसो भएमा लगानीकर्ताले कुल ९ हजार ४ सय ५० रुपैयाँ प्रतिफल प्राप्त गर्नेछन् । हाल बजारमा यसको प्रतिइकाई २४ रुपैयाँ ९० पैसामा कारोबार भइरहेको छ ।

१० हजार लगानी गर्नेले यसपाली लाभांश नखाई अहिल्यै यो इकाइ बिक्री गर्न चाहेमा पनि बजारबाट मात्रै लगभग २४ हजार ९ सय (कर सहित) कमाउने छ । यसअघि पाइसकेको लाभांश समेत हिसाब गर्ने हो भने सुरुमा १० हजार हाल्नेले तीन गुणा (कुल ३१ हजार ३ सय ५०) रुपैयाँ कमाउनेछ ।

हाल यो योजनाको प्रतिइकाइ खुद सम्पत्तीको मूल्य भने २७ रुपैयाँ रहेको छ । यो भनेको दायित्व कटाएर बाँकी रहने सबै सम्पत्ति बिक्री गर्दा यो योजनाको एक इकाइको मूल्य यति बराबर हो ।

यो दर आगामी पुससम्म रहन्छ नै भन्न सकिदैन । किनभने योजनाको लगानीको राम्रै हिस्सा सेयर बजारमा र निक्षेपमा रहेको छ । सेयर बजार र निक्षेपको व्याज दर घट्न थालेमा भने यसको प्रतिइकाइ खुद सम्पत्तीको मूल्य पनि केही घट्ने सम्भावना रहन्छ ।

तर, हालकै प्रतिइकाइ खुद सम्पत्ती मूल्य २७ लाई आधार मानेर हेर्ने हो भने परिपक्व अवधिसम्म कुर्नेले सबै लाभांशसहित कुल ३६ हजार ४ सय ५० कमाउनेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।