logo

सञ्चालनमा नआउँदै सरकारले नागढुंगा सुरुङमार्ग प्रवेश गर्ने उपभोग दस्तुर तोक्यो

    991   पटक पढिएको


२९ साउन/अर्थ र व्यापार – सञ्चालनमा नआउँदै सरकारले बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग प्रवेश गर्ने सवारी साधनहरूलाई उपभोग गरेबापत बुझाउनुपर्ने दस्तुर तोकेको छ । आगामी जनवरी महिनाबाट सञ्चालनमा ल्याउने तयारीमा रहेको सरकारले बिहीबार नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोकेको जानकारी गराएको हो ।
बिहीबार सञ्चार मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता समेत रहेका पृथ्वीसुब्बा गुरुङले गत सोमबारको मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नागढुंगा सुरुङमार्ग मार्फत कार तथा भ्यानहरूले काठमाडौं आउँदा प्रतिपटक ६५ रुपैयाँ र जाँदा ६० रुपैयाँ प्रवेश दस्तुर तिर्नुपर्ने निर्णय गरेको मन्त्री गुरूङले जानकारी दिए ।
मन्त्रि गुरूङले जानकारी गराए अनुसार यस सुरूङ मार्गबाट प्रवेश गर्ने मिनिबस र मिनिट्रकले काठमाडौं आउँदा प्रतिपटक १ सय १५ रुपैयाँ र जाँदा ८० रुपैयाँ दस्तुर तोकिएको छ । यसैगरी, बस तथा ट्रकले काठमाडौं आउँदा २ सय ६० रूपैयाँ र जाँदा २ सय रुपैयाँ दस्तुर तिर्नुपर्ने भएको छ ।
त्यसैगरी, भारी उपकरणका सवारीसाधनका प्रवेश गर्नकालागि भने काठमाडौं आउँदा ६ सय र जाँदा २ सय ५० रूपैयाँ दस्तुर तोकिएको छ । यो सुरुङ आयोजना अहिले निर्माणको अन्तिम चरणमा छ । सरकारले आगामी सन् २०२६ देखि मात्र यस सुरुङमार्ग पूर्ण रूपले सञ्चालनमा ल्याउने आन्तरिक तयारी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।