logo

खाद्य प्रयोगशालाले पायो अन्तर्राष्ट्रिय मान्यतामा उच्च अंक

    300   पटक पढिएको


१९ साउन/अर्थ र व्यापार – नेपालको खाद्य प्रयोगशालाले अन्तर्राष्ट्रिय मान्यतामा उच्च अंक प्राप्त गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अन्तर्राष्ट्रिय मान्यता (प्रत्यायन) मा उच्च अंक प्राप्त गरेको हो ।
विभाग अन्तर्गतको राष्ट्रिय खाद्य तथा दाना सन्दर्भ प्रयोगशालाले परीक्षण तथा मापन प्रयोगशालाका लागि प्रत्यायन बोर्ड (एनएबीएल) बाट अन्तर्राष्ट्रिय मापदण्ड आईएसओ÷आईईसी १७०२५ः२०१७ अनुसार ८ सय १४ परीक्षण सूचकांकमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको छ ।
विभागका अनुसार अब नेपालको आफ्नै प्रयोगशालामा परीक्षण भई गुणस्तरीय प्रमाणित भएका २२ वटा खाद्य समूहका ८ सय १४ नेपाली खाद्यवस्तु भारत बाहेक देशमा समेत विनाअवरोध निर्यात गर्ने सकिने छ ।
विभागले यसअघि ३ सय ८६ परीक्षण सूचकांकमा मात्र प्रत्यायन प्राप्त गरेकोमा अब त्यो संख्या ८ सय १४ मा पु¥याउन सफल भएको हो । विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले यो उपलब्धिसँगै नेपालकै सरकारी प्रयोगशालामध्ये सबैभन्दा धेरै परीक्षण सूचकांकमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्ने प्रयोगशालाका रूपमा राष्ट्रिय खाद्य तथा दाना सन्दर्भ प्रयोगशाला स्थापित भएकोे बताए ।
त्यस्तै, भारत सरकार अन्तर्गत रहेको खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण (एफएसएसएआई) ले पनि नेपालको यो विभागको प्रयोगशालाबाट जारी हुने परीक्षण प्रमाणपत्र (विश्लेषण प्रमाणपत्र) र खाद्य स्वच्छता तथा गुणस्तर निर्यात प्रमाणपत्रलाई औपचारिक मान्यता प्रदान गरेको छ ।
भारतले प्रारम्भिक चरणमा जुस, जाम, जेली, अचार, मिठाई, तयारी चाउचाउ, अदुवा, ताजा तरकारी तथा फलफूल गरी ८ प्रकारका खाद्य वस्तु विश्लेषण प्रमाणपत्रलाई मान्यता दिने निर्णय गरिसकेको विभागले जानकारी दिएको छ ।
एफएसएसएआई र एनएबीएलको संयुक्त एकीकृत प्रयोगशाला मूल्यांकनपछि विभागले ६ सय ८० परीक्षण सूचकांकमा एकीकृत प्रत्यायन प्रमाणपत्र प्राप्त गरेको जनाएको छ । यसबाट नेपाली खाद्य तथा कृषिजन्य वस्तुको भारत निर्यात थप सहज हुने विभागको विश्वास छ ।
विभागका अनुसार सन् २०१२ मा २७ वटा रासायनिक परीक्षण सूचकांकबाट सुरु भएको प्रत्यायन प्रक्रिया विस्तार हुँदै २०२३ सम्ममा २ सय ८६ परीक्षण सूचकांकमा मान्यता प्राप्त गरिएको थियो । २०२५ मा भने संख्या बढेर ६ सय ७२ रासायनिक र १ सय ४२ सूक्ष्म जीवसम्बन्धी परीक्षण सूचकांक सहित कुल ८ सय १४ पुगेको छ ।
विभागले खाद्यमा प्रयोग गरिने थप पदार्थ, विषादी अवशेष, कृत्रिम गुलियो पदार्थ, खाद्य रङ, परिरक्षक, भिटामिन, धातु तथा विषालु धातु, अफ्लाटक्सिन लगायत १ सय २३ परीक्षण सूचकांकमा प्रत्यायन विस्तार गरेको जानकारी दिएको छ ।
विराटनगरस्थित विभागको क्षेत्रीय खाद्य प्रयोगशालाले पनि यस वर्ष ४६ परीक्षण सूचकांकमा प्रत्यायन विस्तारका लागि प्रक्रिया अघि बढाइसकेको विभागका प्रवक्ता महर्जनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।