logo

मन्त्रालयले पाँच उद्देश्यसहित ल्यायो पर्यटन नीति

टुरिजम स्याटेलाइट एकाउन्ट तयार गरिने

    828   पटक पढिएको



१२ साउन/अर्थ र व्यापार – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘अद्वितीय पर्यटकीय गन्तव्य नेपाल’को दूरदृष्टिसहित पर्यटन नीति सार्वजनिक गरेको छ ।
पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले सोमबार मन्त्रालयमा पर्यटन सम्बद्ध संस्थाका प्रतिनिधिको उपस्थितिमा पर्यटन नीति सार्वजनिक गरेका हुन् । यस पर्यटन नीति मार्फत सरकारले ५ वटा उद्देश्य लिइएको छ ।
पर्यटकीय वस्तु पहिचान, विकास, प्रवर्धन र विविधिकरण, गुणस्तरीय र सुरक्षित पर्यटकीय पूर्वाधार विकास, पर्यटन क्षेत्रमा शासकीय दक्षता सुधार, पर्यटन प्रवर्धनमार्फत रोजगारी र स्वरोजगारीका अवसर सिर्जनालाई नीतिको उद्देश्य भनिएको छ ।
मन्त्री पाण्डेले पर्यटन प्रवर्धनमा निजी क्षेत्रलाई प्रोत्साहित गर्ने गरी नीति तर्जुमा गरेको बताए । उनले पर्यटन प्रवर्धनमा निजी क्षेत्र, नेपालस्थित विदेशी कूटनीतिक नियोग र गैरआवासीय नेपाली आबद्ध संघ संस्थासँग सहकार्य गर्ने बताए ।
पर्यटनसँग सम्बन्धित समग्र तथ्यांक संकलन र विश्लेषण गर्न एक वर्षभित्र टुरिजम स्याटेलाइट एकाउन्ट तयार गर्ने भनिएको छ । पर्यटन प्रवर्धनका लागि आवश्यक छूट र सहुलियतको व्यवस्था गर्ने नीतिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।