logo

आर्थिक कूटनीति थप प्रभावकारी बनाउनु आवस्यक : महासंघ अध्यक्ष ढकाल

    60   पटक पढिएको



९ असार/ अर्थ र व्यापार – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको आर्थिक कूटनीति प्रभावकारी, समन्वयात्मक र रणनीतिक बनाउन सरकार र अनररी कन्सुलर कप्र्स नेपाल (एचसीसीएन) बीच बलियो सहकार्य आवश्यक रहेको बताएका छन् ।
परराष्ट्र मन्त्रालय अन्तर्गत आर्थिक कूटनीति विभाग र एचसीसीएनको संयुक्त आयोजनामा काठमाडौं चन्द्रागिरिमा भएको ‘नेपालको निर्यात व्यापार ः अवस्था, चुनौती र सम्भावना’ विषयक अन्तक्र्रियामा महासंघ अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।
उनले नेपालले आफ्नो आर्थिक कूटनीति बढाउँदै विकास र समृद्धिमा फड्को मार्न विश्वका महत्वपूर्ण ६६ देशका अवैतनिक वाणिज्यदूतहरूको उचित उपयोग गर्नुपर्ने बताए ।
ढकाल एचसीसीएनका डिन समेत हुन् । ‘सरकार र अनररी कन्सुलर कप्र्स नेपालबीच विश्वास र साझेदारीको सहकार्य आवश्यक छ । राज्यले अनररी कन्सुलर कप्र्सलाई अवैतनिक र औपचारिक दूतका रूपमा मात्र होइन, आर्थिक कूटनीतिज्ञका रूपमा व्यवहार र उपयोग गर्नुपर्छ,’ उनले भने ।
कार्यक्रममा वाणिज्यदूत व्यापार, पर्यटन, लगानी र आर्थिक सहकार्यमा पहिले नै सक्रिय छन् र उनीहरूले सरकारको खर्चविना आफ्नै स्रोत, समय र सञ्जाल प्रयोग गरेर नेपाललाई विदेशमा प्रर्वधन गरिरहेको भन्दै उनले वाणिज्यदूतहरूलाई नेपाल र विश्व अर्थतन्त्रबीचको पुलका रूपमा उपयोग गर्न सकिने उल्लेख गरे ।
भूकम्प, बाढी र अन्य संकटका बेला वाणिज्यदूतहरूले प्रतिनिधित्व गर्ने देशले नेपाललाई सहयोग उल्लेख गर्दै उनले यसले वाणिज्यदूत मार्फत उनीहरूले प्रतिनिधित्व गर्ने देशहरूसँग भविष्यमा गरिने सहकार्य अझ मजबुत बनाउन सक्ने बताए ।
‘राज्यले अनररी कन्सुलर कप्र्सलाई अवैतनिक र औपचारिक दूतका रूपमा मात्र होइन, आर्थिक कूटनीतिज्ञका रूपमा व्यवहार र उपयोग गर्नुपर्छ’ उनले भने ।
परराष्ट्र मन्त्रालयले हालै गठन गरेको आर्थिक कूटनीति विभागको स्वागत गर्दै ढकालले यसबाट सरकार, अनररी कन्सुलर कप्र्स नेपाल, निजी क्षेत्र र कूटनीतिक निकायबीच अझ राम्रो समन्वयमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

‘आर्थिक कूटनीति केवल व्यापारमा सीमित छैन । यो रोजगार, प्रविधि, ब्रान्डिङ, पर्यटन लगायत धेरै क्षेत्रसँग जोडिएको छ,’ उनले भने ।
निजी क्षेत्रले नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) को ८१ प्रतिशतभन्दा बढी योगदान गर्ने र ८६ प्रतिशतभन्दा बढी रोजगारी सिर्जना गर्ने तथ्य प्रस्तुत गर्दै ढकालले निजी क्षेत्रलाई आर्थिक सहयोग चाहिएको नभई सम्मान, पहिचान र निर्णय प्रक्रियामा स्थान चाहिएको स्पष्ट गरे ।
भारत, चीन र यूएई लगायत देशमा प्रधानमन्त्रीको भ्रमणका बेला आयोजना गरिएका व्यापार सम्मेलनले लगानी र आर्थिक सहकार्यमा नयाँ ढोका खोल्ने काम गरेको उल्लेख गर्दै अध्यक्ष ढकालले आर्थिक कूटनीति विभागसँगको सहकार्यले आगामी दिनमा अझ धेरै, व्यवस्थित र प्रभावकारी रूपमा यस किसिमका कार्यक्रम आयोजना गर्न सकिने विश्वास व्यक्त गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।