logo

सहकारी प्राधिकरणले काम थाल्यो,नियमन मापदण्ड बनाउन कार्यदल गठन

    615   पटक पढिएको


१५ माघ/अर्थ र व्यापार – सहकारी सम्बन्धी अध्यादेश मार्फत गठित राष्ट्रिय सहकारी नियमन प्राधिकरणले काम थालेको छ । सोमबार प्राधिकरण कार्यालय स्थापना भई प्राधिकरणका अध्यक्ष एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलको अध्यक्षतामा पहिलो सञ्चालक समिति बैठक समेत बसेको छ ।
प्राधिकरणको पहिलो सञ्चालक समिति बैठकले सहकारी नियमन सम्बन्धी अध्ययन गरी मापदण्ड सिफारिस गर्न कार्यदल गठन गर्ने निर्णय गरेको अध्यक्ष पोखरेलले बताए ।
यसअघि सहकारी ऐनको दफा १०३ ग बमोजिम मन्त्रिपरिषद्ले पोखरेललाई प्राधिकरणको पहिलो अध्यक्ष नियुक्त गरेको थियो । लोकसेवा आयोग अध्यक्षको संयोजकत्वमा हुने सिफारिस समितिको सिफारिसमा नेपाल सरकारले नियुक्त गरेको व्यक्ति प्राधिकरण अध्यक्ष हुने व्यवस्था उक्त दफामा छ ।
यसैगरी, सञ्चालक समितिमा अर्थ–वाणिज्य क्षेत्रको विज्ञ एक, चार्टर्ड एकाउन्टेन्ट एक, सहकारी मन्त्रालयका सहसचिव एक र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एक सदस्य हुने प्रावधान सोही दफामा छ ।
प्राधिकरण अध्यक्ष कुनै कारणबस रिक्त भए सरकारको विशिष्ट श्रेणीको कर्मचारीलाई अध्यक्षका रूपमा काम गर्न तोक्ने व्यवस्था पनि उक्त दफामा छ । सोही अनुसार पोखरेललाई अध्यक्ष भई काम गर्ने गरी सरकारले तोकेको छ ।
त्यस्तै, सहकारी मन्त्रालयका सहसचिव मदन कोइराला र राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल प्राधिकरण सञ्चालक समिति सदस्य नियुक्त भएका छन् । पाँच जनाको सञ्चालक समितिमध्ये दुई सदस्य भने नियुक्त हुन बाँकी छ । सोमबार सञ्चालक समिति अध्यक्ष र दुई सदस्यले पद तथा गोपनीयताको सपथ लिएपछि बैठक बसेको पोखरेलले बताए ।
सञ्चालक समितिले राष्ट्र बैंकका कार्यकारी निर्देशक पौडेलको संयोजकत्वमा सहकारी सम्बन्धी नियमन मापदण्ड बनाउन कार्यदल गठन गरेको छ । ‘कार्यदलले वित्तीय सहकारी नियमन सम्बन्धी अन्तर्राष्ट्रिय अभ्यास र नेपाल राष्ट्र बैंकको नियमन सम्बन्धी ऐन, कानुन, निर्देशिका लगायत अध्ययन गरी नियामकीय मापदण्ड सिफारिस गर्ने छ,’ सचिव पोखरेलले भने ।
यसकासाथै सञ्चालक समितिले प्राधिकरणको अस्थायी संस्थागत संरचना स्वीकृत गर्ने निर्णय पनि गरेको छ । सहकारी मन्त्रालयका उपसचिव रविन ढकाललाई प्राधिकरणमा काम गर्ने गरी तोकिएको र सञ्चालक समिति सचिवको जिम्मेवारी पनि ढकाललाई दिइएको छ ।
‘संविधानले नै सहकारीलाई एउटा प्रमुख क्षेत्रका रूपमा लिएको छ । त्यसो हुँदा सहकारी अर्थतन्त्रको विकल्प छैन । यहाँ देखिएका समस्या समाधान गर्नुपर्छ भन्ने मान्यतासाथ हामी काम गर्ने छौं,’ अध्यक्ष पोखरेलले भने ।
यसअघि सरकारले १० पुसमा सहकारी सम्बन्धी अध्यादेश पारित गर्दै सहकारी क्षेत्रको नियमनका लागि सहकारी प्राधिकरण गठन गर्ने निर्णय गरेको थियो । प्राधिकरणले वित्तीय सहकारीहरू नियमन गर्ने छ ।
प्राधिकरणलाई बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता, नियमन, सुपरीवेक्षण, अनुगमन तथा प्रतिवेदन प्रणाली लगायत विषयमा राष्ट्रिय मापदण्ड बनाइ कार्यान्वयन गर्ने गराउने मुख्य जिम्मेवारी ऐनले दिएको छ ।
यसैगरी, बचत–ऋणको सहकारीको नियामकीय मापदण्ड जारी गर्ने, बचतकर्ताको बचत सुरक्षाको सुनिश्चित गर्न आवश्यक कार्य गर्ने, सहकारी संस्था नियमित अनुगमन, निरीक्षण गर्ने, उजुरी लिने, प्राप्त उजुरीमाथि जाँचबुझ गर्ने र सम्बन्धित संस्थालाई निर्देशन दिने काम पनि प्राधिकरणले गर्ने गरी तोकिएको छ ।
बचत अपचलन लगायत उजुरीको कारबाही र किनारा गर्दा प्राधिकरणलाई प्रचलित कानुन बमोजिम जिल्ला अदालतलाई भएसरह कार्य गर्ने अधिकार पनि ऐनले दिएको छ ।
कानुन तथा नियम पालना नगर्ने नगराउने बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थालाई ५ लाखदेखि १५ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने र त्यस्ता सहकारी संस्थाको दर्ता खारेज गर्न सम्बन्धित निकायमा लेखी पठाउन सक्ने व्यवस्था पनि ऐनमा छ । जसकालागि प्राधिकरणले सहकारी संस्था सञ्चालक, पदाधिकारी एवं व्यवस्थापक वा कर्मचारीले यस ऐन वा ऐन अन्तर्गत बनेका नियम उल्लंघन गरे १ लाख देखि ५ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने सो ऐनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।