logo

व्यवसायीद्धारा जग्गाको हदबन्दीसम्बन्धी व्यवस्था फराकिलो बनाउन माग

    743   पटक पढिएको


९ पुस/अर्थ र व्यापार – घरजग्गा क्षेत्रमा क्रियाशील व्यवसायीहरुको छाता संस्था नेपाल जग्गा तथा आवास विकास महासंघले जग्गाको हदबन्दी सम्बन्धी व्यवस्था फराकिलो बनाउन माग गरेको छ ।
यसैगरी, महासंघले रियल स्टेट परियोजनामा विदेशी लगानी भित्राउन पाउने र विदेशीले पनि अपार्टमेन्ट खरिद गर्न पाउने कानुनी व्यवस्था गर्न माग गरेको छ ।
यसो भएमा घरजग्गा व्यवसायलाई उद्योगको रुपमा प्रवर्धन गर्न सहयोग मिल्ने र मुलुकको अर्थतन्त्र सुदृढ हुने महासंघको दाबी छ । महासंघले शहरी विकास तथा घरजग्गा सम्बन्धी कानुनी तथा नीतिगत विषयमा समसामयिक सुधार गरी रियल स्टेट व्यवसायलाई उद्योगको रुपमा विकास गर्नुपर्ने धारणा राख्दै आएको थियो ।
गत ४ माघमा मकवानपुरको हेटौंडामा आयोजित महासंघको केन्द्रीय कार्यसमितिको बैठक तथा अन्तरक्रियामा सहभागीहरुले प्रत्येक प्रदेशहरुमा कम्तीमा एउटा नमूना शहर निर्माण गर्ने र रियल स्टेट व्यवसाय प्रवद्र्धनका लागि जग्गाको हदबन्दी फराकिलो बनाउनुपर्नेमा जोड दिएका थिए ।
बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सहभागीहरुले पनि सो माग दोहो¥याएका हुन् । नेपाल सरकारले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ जारी गरी घरजग्गा व्यवसायमा हदबन्दी छुट दिने सम्बन्धी विद्यमान कानुनी व्यवस्थामा सुधार गरेको भन्दै महासंघले सरकारप्रति आभार व्यक्त गरेको छ ।
अब अध्यादेशले गरेको व्यवस्था कार्यान्वयनका लागि भूमि तथा मालपोत नियमावलीहरुमा संशोधन गर्न र जग्गा प्रशासन सम्बन्धी निर्देशिका एवम् कार्यविधि परिमार्जन गर्न पनि महासंघले माग गरेको छ । महासंघले खरिदबिक्री भइसकेका घर तथा अपार्टमेन्ट भित्रका संस्थापक/कम्पनीकै नाउँमा रहेका सामूहिक प्रयोगको क्षेत्रको स्वामित्व हस्तान्तरण र त्यसको राजश्वका सम्बन्धमा समेत स्पष्ट कानुनी व्यवस्था गर्न पनि माग गरेको छ ।
रियलस्टेटमा विदेशी कम्पनी भित्रााएमा र विदेशीले पनि नेपालमा अपार्टमेन्ट खरिद गर्न पाउने भएमा विदेशी मुद्रा सञ्चितीमा ठूलो योगदान पुग्ने महासंघको विश्वास छ । नेपाल सरकारले पटक पटक आफ्नो वार्षिक बजेटमा यो विषयलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाए पनि सो सम्बन्धी कानुनी व्यवस्था नभएकाले कानुन निर्माण गर्न महासंघले सरकारको ध्यानाकर्षण गराएको छ ।
पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले जग्गाको कारोबार विद्युतीय माध्यमबाट गर्न र आवास खरिदका लागि आम्दानीको स्रोत खुलाउनुपर्ने हालको व्यवस्थालाई नेपाल राष्ट्र बैकले लचकता अपनाएर पुनरवलोकन गर्न आग्रह गरे ।
घर जग्गाको कारोबार राष्ट्र बैंकका कारण बढ्न नसकेको उनको आरोप छ । उनले सरकारले घरजग्गा कारोबारमा ल्याण्डपुलिङ र हाउस पुलिङमा निजी क्षेत्रलाई सहभागी गराउन आवश्यक रहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।