logo

निर्माण व्यवसायीले देउवालाई भेटेर बुझाए १४ बुँदे ज्ञापनपत्र, माग सम्बोधनको पहल गर्ने आश्वासन

    945   पटक पढिएको


६ माघ/अर्थ र व्यापार– नेपाल निर्माण व्यवसायी महासंघले सरकारले आफ्ना जायज माग नसुनेको भन्दै सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर विभिन्न १४ बुँदे ज्ञापनपत्र बुझाएको छ । महासंघको प्रतिनिधी टोलीले आइतबार देउवालाई भेटेर निर्माण व्यवसायीका समस्या समाधनकालागि पहल गरिदिन सो ज्ञापनपत्र बुझाएको हो ।
महासंघका अध्यक्ष रवि सिंहले सिमेन्ट र रड उद्योगीले हाल अत्यधिक मुल्यबृद्धि गरि कालोबजारी गरेको विषयमा सरकार जानकार रहेपनि मूल्य घटाउनका लागि कुनै पहल नगरेकाले बाध्य भएर काठमाडौको बुढानीलकण्ठस्थित निवासमै पुगेर देउवासँग भेटेर आफ्नो समस्याबारे अवगत गराएको बताए ।
उत्पादक एवं उद्योगीले सिमेन्टको भाउ वितेका ६ महिनाको अवधिमा विनाकारण सतप्रतिशत बढाएका छन् । अभाव सिर्जना गरेर भाउ बढाएको असर निर्माण क्षेत्रमा परेको व्यवसायीहरुको भनाइ छ ।
महासंघका अध्यक्ष सिंहले हाल नेपाली बजारमा सिमेन्ट , छड लगायत निर्माण सामग्रीमा जथाभावी मूल्यवृद्धि गरिएकाले यस्तो मुल्यबृद्धि धान्नै नसकिने गरी लागत बढ्न पुगेको बताए ।
पूर्व प्रधानमन्त्री एवं कांग्रेश सभापति देउवासामु निर्माण सम्पन्न भएका परियोजनाको भुक्तानी दिलाउन, सार्वजनिक खरिद नियमावलीको १३ औं संशोधनमा देखिएको म्याद थप सम्बन्धी कानूनी जटिलता हटाउन, साँवा ब्याज तिर्ने अवधि बढाइदिनका लागि पहल गर्न आग्रह गरेको महासंघले जनाएको छ ।
महासंघले आइतबार प्रेस विज्ञप्ति मार्फत यस्तो जानकारी गराएको हो । महासंघका अनुसार देउवाले निर्माण उद्योगीका जायज माग पूरा गर्न सक्दो पहल गर्ने आश्वासन दिएका छन् । महासंघले माग सम्बोधनका लागि सरकारलाई आगामी १५ माघसम्मको अल्टिमेटम दिएको छ । माग पूरा नभए आगामी १८ माघबाट चरणपद्ध आन्दोलन सहित व्यवसायी सडकमा उत्रिने महासंघको चेतावनी छ ।
आफ्ना माग सम्बोधन गर्नकालागि महासंघले पूर्व प्रधानमन्त्रि देउवा लगायत शीर्ष नेताहरुसँग हारगुहार माग्न थालेको छ । हाल सिमेन्ट, रड लगायत विभिन्न निर्माण सामग्रीमा अत्यधिक मुल्यबृद्धि गरि कालोबजारी गर्दै चर्को मूल्य वृद्धि भएको विषयमा सरकारले बेवास्था गरिदिएपछि अहिले निर्माण व्यवसायीहरुले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटेर हारगुहार माग्न थालेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।