logo

जनता दुब्लाउँदै जाने र बैंक मोटाउँदै जाने प्रवृत्ति ठीक छैन : मन्त्री भण्डारी

    743   पटक पढिएको


१९ पुस/अर्थ र व्यापार – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आर्थिक रूपान्तरणमा बैंकले ध्यान नदेको आरोप लगाएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) को पाँचौं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले बैंक तथ्यांकमा मात्रै रमाउनु उपयुक्त नभएको बताए ।
‘सबै पालिकामा बैंकको पहुँच छ ।, तर सामाजिक भत्तामात्रै बाँड्ने काम गरे, आर्थिक रूपान्तरणमा बैंकले ध्यान दिएनन्’ उनले भने । मन्त्री भण्डारीले जनता दुब्लाउँदै जाने अनि बैंक मोटाउँदै जाने प्रवृत्ति ठीक नभएको बताए ।
यसैगरी, उनले नेपालका बैंकहरू एक ठाउँबाट मुनाफा भएन भने अर्को क्षेत्रबाट मुनाफा लिन खोज्ने आरोपसमेत लगाए । उनले अहिले अर्थतन्त्र सुधार मात्रै नभएर सरकारले आफैभित्र सुधारको काम गरिरहेको बताए । राष्ट्रिय चुनौती समाधान गर्न समस्या खोजिरहेको भन्दै उनले जटिलता र चुनौतीलाई सम्भावनामा बदल्न नसकेकोमा चिन्ता व्यक्त गरे ।
वित्तीय सुधारले धेरैको सुधार राख्ने भएकाले सम्भावनालाई लत्याउँदै अन्यत्र बरालिनुपरेको भन्दै उनले गाउँबाट सहर र सहरबाट विदेश जाने परिपाटी कायमै रहेकाले सम्भावनालाई लत्याएको देखिएको धारणा राखे ।
उनले सरकारले बनाएका नीति नै अहिले काम गर्न अवरोध बनेको पनि बताए । ‘हाम्रा नीति नियन्त्रित किसिमका नीति बनेका छन् , एउटा ऐनले अर्को ऐनले चिन्दैन, यस्ता जटिलतालाई सहज गर्न अहिलेको सरकारले काम गरिरहेको छ’ उनले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।