logo

नेउवा महासंघको विधान संशोधन,नेतृत्व चयन गर्न व्यवसायी पुरानै व्यवस्थामा फर्किए

बरिष्ठ उपाध्यक्ष श्रेष्ठको कार्यकालपछि अध्यक्ष प्रत्यक्ष निर्वाचित,बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान हट्यो

    752   पटक पढिएको



२६ मंसिर/अर्थ र व्यापार – निजी क्षेत्रबीच विगतका केही वर्षदेखि नै धेरै चर्चामा रहेको नेपाल उद्योग वाणिज्य महासंघको वर्तमान विधान संशोधन भएको छ । राजधानीमा सम्पन्न भएको महासंघको विशेष साधारणसभाले विधान संशोधन गरि नयाँ नेतृत्व चयनगर्दा आठवर्ष अघिको पुरानै व्यवस्था कार्यान्वयनमा ल्याउने प्रताव पारित गरेको हो ।
वर्तमान विधान संशोधन भएसँगै अब महासंघको अध्यक्ष प्रत्यक्ष निर्वाचिच हुनेछ भने जिल्लालाई २ उपाध्यक्षको व्यवस्था गरिएको छ । यसैगरी, आगामी नयाँ नेतृत्वको कार्यकाल दुई वर्षको हुने व्यवस्था पनि विधान संशोनबाट गरिएको छ । अहिलेका बरिष्ठ उपाध्यक्ष अन्जनकुमार श्रेष्ठको कार्यकाल समाप्त भएपछि अर्को अध्यक्षमा प्रत्यक्ष निर्वाचन हुने व्यवस्था गरिएको महासंघले जनाएको छ ।
यसैगरी, एकजना वरिष्ठ उपाध्यक्ष, जिल्ला नगरमा दुई उपाध्यक्षसहित चारजना उपाध्यक्ष हुने व्यवस्था पनि यो विधान संशोधनमा थप गरिएको छ । विगत आठवर्ष अघिसम्म महासंघमा अध्यक्षमा प्रत्यक्ष निर्वाचन हुने व्यवस्था थियो । यसअघि गरिएको विधान संसोधनबाट सो व्यवस्थालाई संशोधन गरेर वरिष्ठ उपाध्यक्ष स्वत हुने व्यवस्था गराइएको थियो । अहिले पुनः वर्तमान बरिष्ठ उपाध्यक्ष अन्जनकुमार श्रेष्ठको कार्यकालछि अध्यक्षको प्रत्यक्ष निर्वाचन हुने व्यवस्था कार्यान्वयनमा ल्याइने महासंघले जनाएको छ ।
संसोधित यस नयाँ विधान अनुसार अब महासंघको एक कार्यकाल पुरा भएपछि अध्यक्षमा प्रत्यक्ष निर्वाचन हुने भएको छ । सबै व्यवसायीको सहमतीको आधारमा महासंघको विशेष साधारण सभाले वर्तमान वरिष्ठ उपाध्यक्ष श्रेष्ठको कार्यकालपछि अर्को अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट छान्ने गरी विधान संशोधन गरेको हो । यस विशेष साधारण सभाले विधान सर्वसम्मत रुपमा संशोधन गरेको महासंघले जनाएको छ ।
संसोधित विधान कार्यान्वयनमा आएपछि अब बरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान हट्ने छ । अब महासंघ ८ वर्ष पहिलेकै अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट छान्ने पुरानै व्यवस्थामा फर्किएको छ । महासंघको स्थायी समिति र कार्यसमितिले दुई कार्यकालपछि मात्रै अध्यक्षमा प्रत्यक्ष निर्वाचन हुने गरी विधान संशोधनको निर्णय गरेको थियो ।
तर, साधारण सभामा अधिकांश सदस्यले वर्तमान बरिष्ठ उपाध्यक्ष श्रेष्ठपछि नै अध्यक्षमा प्रत्यक्ष निर्वाचन हुनुपर्ने धारणा राखेका थिए । सो साधारण सभामा वस्तुगत उपाध्यक्ष हेमराज ढकाल र एसोसिएट उपाध्यक्ष ज्योत्सना श्रेष्ठले दुई कार्यकालपछि मात्रै अध्यक्षमा प्रत्यक्ष निर्वाचन हुने व्यवस्था कार्यान्वयनमा ल्याउनुपर्ने आवाज उठाएका थिए ।
महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै व्यवसायी तथा अधिकाँश सदस्यहरुको धारणाका आधारमा यस विधान संशोधनको प्रस्ताव राखेका थिए । बरिष्ठ उपाध्यक्ष श्रेष्ठको कार्यकालपछि अध्यक्ष प्रत्यक्ष निर्वाचबाट चयनगर्ने किसिमले ढकालले राखेको विधान संशोधनको प्रस्ताव विशेष साधारण सभाले सर्वसम्मत रुपमा पारित गरेको महासंघले जनाएको छ ।
यसअघि अध्यक्षमा प्रत्यक्ष निर्वाचन धेरै खर्चिलो र भड्किलो बनेको भन्दै वरिष्ठ उपाध्यक्षबाट स्वतः अध्यक्ष हुने प्रावधान राखेर विधान संसोधन गरिएको थियो । २०७३ सालमा महासंघको विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान राखिएको थियो । सो विधान संशोधनपछि त्यसबेला बरिष्ठ उपाध्यक्ष भवानी राणा स्वतः अध्यक्ष बनेकी थिइन्।
वर्तमान प्रावधानले समेत अध्यक्षमा निर्वाचन नभए पनि वरिष्ठ उपाध्यक्षमा त्यस्तै भड्किलो रुपमा खर्च गर्ने प्रवृति देखिएपछि महासंघका व्यवसायी आठवर्ष पुरानै व्यवस्थामा फर्किएका हुन् । महासंघका अध्यक्ष ढकालले विशेष साधारण सभाअघि पूर्वअध्यक्षहरुसँग पनि राय सुझाव लिएका थिए । यस विशेष साधारण सभाले कार्यसमितिको कार्यकाल दुई वर्ष मात्रै हुने प्रस्ताव पनि पारित गरेको छ । स्थायी समिति र कार्यसमितिले कार्यकाल तीन वर्ष बनाउने निर्णय गरेको थियो । सो साधारण सभामा तीन वर्षे कार्यकाल लामो हुने भन्दै दुई वर्ष नै उपयुक्त हुने धारणा राखेका थिए । महासंघमा ५० प्रतिशतभन्दा बढी मतभार रहेको जिल्ला नगरबाट यसअघि एक कजना उपाध्यक्ष छनोट हुने व्यवस्था थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।