logo

राजस्व संकलनमा सामान्य सुधार, मूल्य अभिवृद्धि करतर्फ ५७ अर्ब ३० करोड संकलन

    793   पटक पढिएको

 

६ मंसिर/अर्थ र व्यापार – चालु आर्थिक वर्षको प्रथम चौमास साउन देखि कात्तिकसम्ममा आन्तरिक राजस्वमा केही सुधार देखिएको छ । आन्तरिक राजस्व विभागले चालु आवको वितेका चार महिना कात्तिकसम्ममा १ खर्ब ४९ अर्ब २२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।
यो रकम गत आव २०८०/८१ को सोही अवधिको तुलनामा १७ दशमलब ०९ प्रतिशतले बढी हो । अर्थ मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार आन्तरिक राजस्व विभागले गत आवको कात्तिक मसान्तसम्ममा १ खर्ब २७ अर्ब ४५ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।
मन्त्रालयका अनुसार आन्तरिक राजस्व विभागले लक्ष्यको ८८ दशमलब ५५ प्रतिशत मात्र राजस्व उठाएको छ । चालु आवको कात्तिकसम्म विभागले १ खर्ब ८० अर्ब १५ करोड रुवपैयाँ राजस्व उठाउने लक्ष्य राखेको थियो ।
यसैगरी, आन्तरिक राजस्वतर्फ मूल्य अभिवृद्धि कर ४१ अर्ब ४५ करोड रुपैयाँ संकलन भएको छ । समिक्षा अवधिमा उत्पादन, बिक्री र सेवामा ५१ अर्ब १ करोड रुपैयाँ मूल्य अभिवृद्धि कर उठाउने लक्ष्य रहेको थियो ।
त्यस्तै, अन्तःशुल्कतर्फ पनि आन्तरिक राजस्व विभागले सो अवधीमा ३९ अर्ब ५५ करोड रुपैयाँ उठाएको छ । यस अवधिमा ४२ अर्ब १९ करोड अन्तशूल्क उठाउने लक्ष्य थियो । यो अवधीमा आयकर समेत लक्ष्य अनुसार उठ्न नसकेको देखिएको छ । कात्तिकसम्ममा आयकरतर्फ जम्मा ६६ अर्ब ९३ करोड रुपैयाँ मात्र उठेको छ । यस अवधिमा ८६ अर्ब २७ करोड रुपैयाँ आयकर उठाउने लक्ष्य थियो ।
त्यसैगरी, भन्सार विभागको संकलन लक्ष्य पनि आन्तरिक राजस्वको तुलनामा अझै कम छ । भन्सार विभागले कात्तिकसम्म जम्मा १ खर्ब ४० अर्ब ६७ करोड रुपैयाँ राजस्व उठाएको छ । कात्तिकसम्म विभागले पाएको लक्ष्य १ खर्ब ८८ अर्ब ५६ करोड रुपैयाँ थियो । तर समिक्षा अवधीमा भन्सार विभागले गत वर्षको तुलनामा १० दशमलब ९० प्रतिशत धेरै राजस्व उठाएको देखिन्छ ।
यस्तो अवस्थामा पनि लक्ष्यको तुलनामा भने ७४ दशमलब ६० प्रतिशत मात्र भन्सार राजस्व उठेको छ । भन्सार राजस्वतर्फ भन्सार महसुल ६७ अर्ब ६० करोड रुपैयाँ उठेको छ । यस अवधिमा भन्सार विभागले कुल ९४ अर्ब ७२ करोड रुपैयाँ भन्सार महसुल उठाउने लक्ष्य राखेको थियो ।
त्यस्तै, मूल्य अभिवृद्धि करतर्फ पनि समिक्षा अवधीमा ५७ अर्ब ३० करोड मात्र संकलन भएको छ । सो अवधीमा यसको लक्ष्य ७४ अर्ब २६ करोड रुपैयाँ थियो । समिक्षा अवधीमा अन्तःशुल्कतर्फ जम्मा १५ अर्ब ७५ करोड रुपैयाँ मात्र उठेको छ । यसको लक्ष्य १९ अर्ब ५७ करोड रुपैयाँ रहेको थियो ।
भन्सार महशुल लगायत विभिन्न कर संकलनको अवस्थालाई विगतका वर्षहरुको भन्दा थप रफ्तारमा लगेर मुलुकको अर्थव्यवस्थामा राम्रो प्रगती गर्ने सरकारको लक्ष्य केबल नारामा मात्र सिमित भएको सम्बन्धित सरोकारवालाहरुले बताएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।