logo

बढ्दो रेमिट्यान्स र घट्दो आयातका कारण ढुकुटीमा पैसा थुप्रने क्रम बढ्दो

    755   पटक पढिएको


५ मंसिर/अर्थ र व्यापार – बढ्दो रेमिटयान्स र घट्दो आयातका कारण पछिल्लो समय विदेशी मुद्रा संचिती तथा सोधनान्तर स्थितिमा उच्च सुधार देखिएको छ । लामो समययता वैदेशिक रोजगारीमा गएको कामदारले पठाएको रेमिटयान्सले आयात धान्दै आएको नेपालले पछिल्लो समय आयातमा संकुचन आउँदा विदेशी मुद्रा संचिती र भुक्तानी सन्तुलनमा सकारात्मक प्रभाव देखिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्जजनिक गरेको देसको वित्तिय तथा आर्थिक विवरणअनुसार असोज मसान्तसम्ममा विदेशी मुद्रा संचिती २२ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ । गत असार मसान्तमा २० खर्ब ४१ अर्ब रहेको विदेशी मुद्रा संचिती पछिल्लो ३ महिनामा ९.४ प्रतिशतले वृद्धि हुन पुगेको हो ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति १९ खर्ब ८८ अर्ब पुगेको छ भने बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २ खर्ब ४४ अर्ब २७ करोड कायम भएको छ । विस २०८१ असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.९ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०८१/८२ को ३ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.६ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८१ असोज मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३९.१ प्रतिशत, १२१.९ प्रतिशत र ३०.९ प्रतिशत रहेका छन् । २०८१ असार मसान्तमा उक्त अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।
यसैगरी, समीक्षा अवधिमा शोधनान्तर स्थिति बढेर १ खर्ब ८४ अर्ब ९९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब १ अर्ब ६६ करोडले बचतमा रहेको थियो । तर, जसरी आयात घटेको छ त्यसको देशको अर्थतन्त्र चलायमान बनाउन कठिन हुने सम्बद्ध अर्थविद्हरु बताउँछन् ।
‘लामो समयदेखि नेपालले नेपाली कामदारलाई वैदेशिक रोजगारीमा पठाएर त्यसबाट आएको रेमिटान्सबाट बस्तु तथा सेवा खरिद गर्दै देश संचालन गर्दै आएको थियो,’ एक अर्थविद्ले भने, ‘तर अहिले पनि कामदार वैदेशिक रोजगारीमा जान रोकिएको छैन भने आयात चाहिँ एकदमै ओरालो लाग्दो क्रममा छ ।’

नेपालजस्तो बस्तु तथा सेवा आयातबाट भन्सार तथा कर राजस्व संकलन गरेर राज्य संचालन गर्ने मुलुकमा त्यसरी आयात घट्दा अबका दिनमा नकारात्मक असर पर्ने ती अर्थविद्को भनाई छ । पछिल्लो समय फलफुल तथा खाद्यान्नजस्ता आयातभन्दा पनि औद्योगिक कच्चा पदार्थको आयात खुम्चिदा त्यसले अर्थतन्त्रमा नकारात्मक असर पार्ने सम्बद्ध उद्योगी व्यवसायीहरु बताउँछन् ।
‘अहिले उद्योगका लागि आवश्यक मेशिन लगायतका कच्चा पदार्थमा उच्च गिरावट आएको छ,’ एक उद्योगीले भने, ‘जसको ठूलो असर देशको कुल ग्राह्स्थ्य उत्पादनमा पर्नेछ ।’ साथै अन्य खाद्यान्नलगायत बस्तुको आयातमा गिरावट आउँदा राज्यले लिएको लक्ष्यअनुसार राजस्व संकलन समेत हुन नसक्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।