logo

अब उपभोक्ताले तिरेको मूल्य अभिवृद्धि करको १० प्रतिशत फिर्ता हुने,यि सेवामा हुनेछ कर फिर्ता

    503   पटक पढिएको


२४ भदौं/अर्थ र व्यापार – अब सेवा खरिदमा विद्युतीय माध्यमबाट भुक्तानी गरेमा उपभोक्तालाई नगद प्रोत्साहन स्वरूप भुक्तानी गरेको करको दश प्रतिशत रकम फिर्ता हुने भएको छ । आन्तरिक राजस्व विभागले १० प्रतिशत रकम फिर्ता दिने दिने निर्णय भएको जनाएको छ ।
आन्तरिक राजस्व विभागले एक सूचना प्रकाशित गर्दै आम उपभोक्ता, व्यवसायी तथा सरोकारवाला सबैलाई कार्यान्वयन गर्न सूचित गरिएको हो । उपभोक्ताले तिरेको मूल्य अभिवृद्धि करको दश प्रतिशत फिर्ता हुने सेवाहरूमा मदिरा पिउने केन्द्र (बार) बाट प्रदान गरिने सेवा, चमेनागृह/रेस्टुरेन्टबाट प्रदान हुने सेवा र सबै प्रकारका होटल, मोटल, लज, गेस्टहाउस व्यवसायबाट प्रदान गरिने सेवा रहेका छन् ।
विभागले २१ भदौमा मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २५ को उपदफा (१) को खण्ड (ख) मा ‘कुनै उपभोक्ताले विभागले सूचना प्रकाशन गरी निर्धारण गरेको वस्तु तथा सेवा खरिद गर्दा त्यस्तो खरिदको मूल्य प्रचलित कानुन बमोजिम विद्युतीय माध्यमबाट भुक्तानी गरेमा निजलाई नगद प्रोत्साहन स्वरूप भुक्तानी गरेको करको १० प्रतिशत रकम विभागले तोकेको प्रक्रिया बमोजिम उसको बैंक खातामा फिर्ता गरिनेछ’ भनी व्यवस्था गरे बमोजिम निर्णय गरेको थियो ।
विभागका अनुसार होटल, रेस्टुरेन्ट र बारमा अनलाइनबाट भुक्तानी गरे आफुले मूल्यमा तिरेको करको १० प्रतिशत उपभोक्ताले फिर्ता पाउने छन् । जसकालागि विभागले विभिन्न तीन प्रकारका सेवामा तिरेको करको १० प्रतिशत उपभोक्तालाई नगद प्रोत्साहन स्वरूप फिर्ता दिने निर्णय २१ भदौमा गरेको छ ।
विभागका अनुसार मूल्य अभिवृद्धि कर ऐन २०५२ को दफा २५ को उपदफा १ मा यसबारे व्यवस्था गरिएको छ । विभागका अनुसार मदिरा पिउने केन्द्र (बार) बाट प्रदान गरिने सेवामा यो सर्त लागु हुने भएको छ । चमेनागृह (रेस्टुरेन्ट) सेवामा समेत यस्तो कर फिर्ता प्रावधान लागु हुनेछ । साथै, सबै प्रकारका होटल, मोटल, लज, गेस्टहाउस व्यवसायबाट प्रदान गरिने सेवामा समेत अनलाइन भुक्तानी भए १० प्रतिशत कर फिर्ता हुने भएको छ ।
यो सर्तमा हुनेछ कर फिर्ता
विभागका अनुसार मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भई विभागबाट स्वीकृत विद्युतीय बिजक जारी गर्ने करदाता यस प्रणालीमा आबद्ध हुन सक्नेछन् ।
डेबिट÷क्रेडिट कार्ड, क्यूआर कोड, मोबाइल जस्ता विद्युतीय भुक्तानी उपकरणबाट भुक्तानी प्राप्त गर्ने विक्रेताले भ्याटको १० प्रतिशत रकम उपभोक्ताको खातामा स्वचालित फिर्ता गर्ने व्यवस्था मिलाउनुपर्ने छ ।
विद्युतीय बिजक सम्बन्धी कार्यविधि बमोजिम विभागमा सूचीकृत विद्युतीय उपकरण र सफ्टवेयर आपूर्तिकर्ताले समेत अब आफ्नो सफ्टवेयरमा सोही अनुसार परिमार्जन गर्नुपर्ने छ । प्रणालीमा आबद्ध रहने विक्रेताले आफ्नो कारोबार स्थलमा विद्युतीय भुक्तानी गर्ने उपभोक्तालाई भ्याट फिर्ता हुने सुविधा रहेको सूचना सार्वजनिक गर्नुपर्ने समेत सर्त राखिएको विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।