logo

सरकारले तोक्यो धानको न्युनतम समर्थन मूल्य

मोटाको प्रतिक्विन्टल ३४ सय १० रुपैयाँ, मध्यमको ३५ सय ८० मूल्य निर्धारण

    633   पटक पढिएको


२१ असार/अर्थ र व्यापार – सरकारले आगामी आर्थिक वर्षका लागि धानको न्युनतम समर्थन मूल्य तोकेको छ। बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि धानको न्युनतम सर्मथन मुल्य निर्धारण गरेको हो ।
मन्त्रिपरिषद् बैठकले गरेको निणर्य अनुसार मोटा धानको समर्थन मूल्य प्रति क्विन्टल ३ हजार ४ सय १० रुपैयाँ ५१ पैसा र मध्यम धानको समर्थन मूल्य प्रति क्विन्टल ३ हजार ५ सय ८० रुपैयाँ ६२ पैसा तोकिएको छ ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद्को निणर्य सुनाउने क्रममा यस्तो जानकारी दिएकी हुन्। उनका अनुसार उद्योग मन्त्रालयको प्रस्तावमा धानको समर्थन मूल्य तोकिएको हो। उद्योगमन्त्री दामोदर भण्डारीले भने बुधबार नै राजीनामा दिइसकेका छन्।

मन्त्रिपरिषद् बैठकले चीन सरकारको अनुदान सहायतामा हिल्सा–सिमकोट सडकखण्ड, कोरला नाका, मुस्ताङमा एकीकृत जाँच चौकी र अरनिको राजमार्गको चौथो चरणको मर्मतको सम्भाव्यता अध्ययन गर्न प्राप्त भएका पत्रमा सरकारको तर्फबाट हस्ताक्षर गर्न अर्थ मन्त्रालयलाई अख्तियारी दिने निर्णय समेत गरेको छ।
अहिले प्रमुख सत्तारुढ दल नेकपा एमालेले समर्थन फिर्ता लिएपछि पहिलोपल्ट मन्त्रिपरिषद् बैठक बसेको हो । नेपाली कांग्रेससँग मिलेर सरकार बनाउने सहमति भएसँगै बुधबार एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । अहिले एमालेका सबै मन्त्रीले राजीनामा दिइसकेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।