logo

भुक्तानी नपाएका कारण निर्माण व्यवसायीको ज्यान गएको खबरले महासंघ मर्माहत

    825   पटक पढिएको

 

२० असार/अर्थ र व्यापार – नेपाल निर्माण व्यवसायी महासंघले काम गरेबापत् रकम भुक्तानी नपाएकै कारण डडेल्धुराका एक निर्माण व्यवसायीको दुःखद निधन भएको खबरप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
जिल्ला निर्माण व्यवसायी संघ डडेल्धुराका कार्य समिति सदस्यसमेत रहेका व्यवसायी डम्बरदेव भट्ट (सन्तोष)को उपचारका क्रममा धनगढीमा गत १५ असारमा निधन भएको खबरबाट यस महासंघ मर्माहत भएको महासंघले जनाएको छ ।
डडेल्धुरा जिल्ला अमरगढी नगरपालिका–५ निवासी निर्माण व्यवसायी भट्टलाई घरनजिकैको जंगलमा घाँटीमा चक्कुले प्वाल परेको अवस्थामा फेला पारिएपछि स्थानीय अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारार्थ धनगढीस्थित सेती प्रादेशिक अस्पताल ल्याइएकामा उपचारको क्रममा उनको निधन भएको थियो ।
स्थानीय पूर्वाधार विकास आयोजना कार्यालयअन्तर्गतका ठेक्काको भुक्तानी सम्बन्धित कार्यालयबाट नआएपछि भट्टले आफू ठूलो आर्थिक समस्यामा परेको निकटस्थलाई बताएको जानकारीमा आएको महासंघले जनाएको छ ।
‘व्यवसायीको ठूलो रकम भुक्तानी नहुँदा उनीहरूले मानसिक रूपमा विक्षप्त भई ‘आत्मदाह’ गर्नसक्ने अत्यन्त विषम परिस्थितितर्फ यस महासंघले विगत केही महिनाअघिदेखि नै सरकारलगायत विभिन्न सरोकारवाला निकायको ध्यानाकर्षण गराए पनि हालसम्म कुनै सुनुवाइ नभएको विदितै छ’ महासंघका महासचिव रोशन दाहालद्वारा बुधबार जारी विज्ञप्तिमा यस्तो भनिएको छ ।
महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार यस अर्थमा भट्टको मृत्युको जिम्मेवारी राज्यले नै लिनुपर्ने महासंघको दाबी छ । सार्वजनिक खरिद नियमावलीको १३औं संशोधनपछि राज्यबाट व्यवसायीको करिब ४० अर्ब रुपैयाँभन्दा बढी भुक्तानी नभए हजारौं निर्माण व्यवसायी आर्थिक रूपमा गम्भीर समस्यामा परेको महासंघले जनाएको छ ।
अब आर्थिक वर्ष समाप्त हुनै लाग्दासमेत सरकारले व्यवसायीको यति धेरै अर्बौंं रकम भुक्तानी गर्न कुनै तदारुकता नदेखाएमा अन्य व्यवसायीबाट समेत यस्तै दुःखद् घटना हुनसक्ने पीडादायी अवस्थाप्रति महासंघले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । यस्ता दुःखदायी घटना रोक्न आवश्यक पहल गर्नसमेत महासंघका महासचिव दाहालले सरकारसमक्ष जोडदार माग गरेका छन् ।
महासंघले व्यवसायी भट्टप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहेका परिवारजनप्रति समवेदना प्रकट गरी सो घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य तत्काल सार्वजनिक गर्नसमेत सरकारसँग माग गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।