logo

अर्थ मन्त्रालयमा आर्थिक अराजकता र अनुशासनहीनता मौलायो

बजेटबिनै ५ खर्ब ८५ अर्ब रुपैयाँ स्रोत सुनिश्चितताको पत्र, यो के हो ?

    633   पटक पढिएको



२१ जेठ/अर्थ र व्यापार – सरकारमा सहभागी दल नेकपा एमालेका सांसद रघुजी पन्तले अर्थ मन्त्रालयमा आर्थिक अराजकता र अनुशासनहीनता मौलाएको बताएका छन्।
उनले आगामी आर्थिक वर्षको बजेटमाथि सोमबार प्रतिनिधि सभामा सैद्धान्तिक छलफलका क्रममा मन्त्रालयले बजेट बिना नै जथाभावी रुपमा स्रोत सुनिश्चितताको पत्र बाँडिरहेको र त्यही कारण विकास आयोजना अलपत्र परिरहेको बताए।
‘अर्थ मन्त्रालयले बजेटबिनै ५ खर्ब ८५ अर्ब रुपैयाँको स्रोत सुनिश्चितता दिइसकेको विश्वस्त स्रोतले जानकारी दिएको छ । अब यसपाली अगाडि बढाउने भनेका योजनामा बजेट कहाँबाट आउँछ?,’ उनले भने, ‘यसले अर्थ मन्त्रालयमा रहेको आर्थिक अराजकता र अनुशासनहीनतालाई देखाउँछ । बिचरा वर्षमान पुनले मात्र दिएको होइन होला। खोज्नु प¥यो कुन कुन अर्थमन्त्रीको पालामा दिइयो? धेरै त योभन्दा अगाडिका अर्थमन्त्रीको पालाको होला। स्रोत सुनिश्चितता गरेपछि टेण्डर गर्न पाइन्छ। तर, ठेकेदारले पैसा पाउँदैन। अनि काम हुन्छ?’
बजेटपछि अर्थमन्त्रीले पहुँचका आधारमा स्रोत सुनिश्चितता दिने विकृति पुरानै हो। आफ्नो क्षेत्रका विकास आयोजनामा स्रोत सुनिश्चितताका लागि अर्थमन्त्रीलाई दबाब दिनेहरु सांसद पन्त जस्तै नेताहरु हुन्।
उदाहरणका रुपमा यसअघिका अर्थमन्त्री डा.प्रकाशशरण महतले कांग्रेस नेता कार्यकर्ताको दबाबमा गत कात्तिक १९ गते भक्तपुर–नगरकोट–सिपाघाट–त्रिशुली–छहरे– विदुर सडक योजनाको तिनपिप्ले–रानीपौवा सडक खण्डको स्तरोन्नतिका लागि १ अर्ब ३३ करोड रुपैयाँको स्रोत सुनिश्चितता गरेका थिए।
अर्थमन्त्री वर्षमान पुनलाई उनले जिम्मेवारी सम्हालेको एक साता नबित्दै प्रधानमन्त्री पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्ल र यसअघिका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आफ्नो गृहजिल्ला सल्यानमा सितलपाटी–खलंगा–बालुवासंग्रही खण्डका लागि १ अर्ब ८० करोड र सितलपाटी–बाघचौर–खौलाखण्डका लागि १ अर्ब २० करोड रुपैयाँको स्रोत सुनिश्चितता गराउन दबाब दिएका थिए।
जथाभावी स्रोत सुनिश्चितताको विकृति मौलाएकै कारण विकास निर्माणका काम अलपत्र पर्ने र निर्माण व्यवसायीले भुक्तानी नपाउने समस्याले रोगकै रुप लिएको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।