logo

१६ औं पञ्चवर्षीय योजनाको लक्ष्य : आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याइने

यो योजनाले उत्पादन र रोजगारीलाई प्राथमिकता दिएको छ: राष्ट्रिय योजना आयोगका उपाध्यक्ष श्रेष्ठ

    733   पटक पढिएको


२ जेठ/अर्थ र व्यापार – आर्थिक वर्ष (आव) २०८५/०८६ सम्म नेपालको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्यसहितको योजना सार्वजनिक गरिएको छ ।
राष्ट्रिय योजना आयोगले बुधवार सार्वजनिक गरेको १६ औं पञ्चवर्षीय योजना (आर्थिक वर्ष २०८१/८२–२०८५/८६) मा उक्त लक्ष्य लिइएको छ । हाल नेपालको आर्थिक वृद्धिदर (२०७९/८०) ३.९ प्रतिशत छ ।
यस योजनामा आव ०८१/८२ मा नेपालको वार्षिक आर्थिक वृद्धिदर ६ प्रतिशत हासिल गर्ने लक्ष्य राखिएको छ । यस्तै, आव ०८२/८३ मा ६.६ प्रतिशत, आव ०८३/८४ मा ७.४ प्रतिशत, आव ०८४/८५ मा ७.९ प्रतिशत र आव ०८५/८६ मा ७.२ प्रतिशत वार्षिक आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखिएको छ ।
समग्रमा औसत आर्थिक वृद्धिदर ७.१ प्रतिशत कायम गर्ने १६औं पञ्चवर्षीय योजनाको लक्ष्य छ । यो पञ्चवर्षीय योजना मंगलबार नै मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको छ । अब सरकारले यहि योजना अनुसार नै आगामी आर्थिक वर्षको बजेट निर्माण गरि सार्वजनिक गर्ने छ ।
१६ औं आवधिक योजना सार्वजनिक गरेपछि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठले यस १६औं आवधिक योाजनाले उत्पादन र रोजगारीलाई प्राथमिकता दिएको बताएका छन् । ‘अहिले तीन तहको सरकार आएपछि सरकारको प्राथमिकता पूर्वाधारमा फोकस हुँदा सामाजिक सूचक कतै खस्कन थालेको छ कि भन्ने देखिएको छ । त्यसकारण अब आयोजनालाइ तीन वर्गमा वर्गीकरण गरिने छ,’ उपाध्यक्ष श्रेष्ठले भने ।
पहिलोमा उच्च प्राथमिकताका कार्यक्रम, दोस्रोमा कम प्राथमिकता युक्त आयोजना राख्ने र तेस्रो वर्गमा खारेज गर्नुपर्ने आयोजनाहरू राखेर कार्यान्वयनमा जाने उनले बताए ।
उपाध्यक्ष श्रेष्ठले १६औं योजना पहिला भन्दा फरक बनेको भन्दै यसपटक मन्त्रालयहरूलाई गाइडलाइन दिइएको बताए । १५औं योजना भन्दा आकारमा आधा सानो १६ औं योजना रहेको भन्दै उनले मन्त्रालयका सूक्ष्म कार्यक्रम नराखिएका कारण आकार घटेको बताए ।
‘यो योजनाले सबैभन्दा विशेष रुपमा गरेको काम नै समस्यालाई गहिराइमा पुगेर गरिएको अध्ययन हो । अर्थतन्त्र, शासकीय समस्याको पहिचान गरिएको छ । सोही अनुसार १६औं योजना बनेको छ,’ आवधिक योजनाबारे उनले भने ।
अहिलेसम्म महत्त्वकांक्षी योजना बनेको भन्दै उनले कार्यान्वयन गर्न सकिने लक्ष्य मात्र राखेको बताए । ‘हाम्रो जोड हरेक योजना र कार्यान्वयनको कार्यान्वयन हो,’ उनले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।