logo

कृषिमा लगानी दशक घोषणा गरिने, कृषि उपजमा आत्मनिर्भर हुने घोषणा

    701   पटक पढिएको


१ जेठ/अर्थ र व्यापार – सरकारले आगामी आर्थिक वर्षलाई कृषिमा लगानी दशक घोषणा गरेको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
आगामी आर्थिक बर्ष २०८१/८२ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले आयात प्रतिस्थापन गरी निर्यात गर्ने र रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले आगामी आर्थिक बर्षलाई कृषिमा लगानी दशक घोषणा गरिने बताए ।
उनले सम्भाव्यताको आधारमा छरिएर रहेका खेतीयोग्य जमिनमा एकीकृत रुपमा खेतीपाती गरिने कार्यक्रमलाई प्राथमिकतामा राखिएको जानकारी दिए । उनले कृषिलाई नयाँ परिवेशअनुसार पुनर्सरचना गरी बैज्ञानिक रुपमा कार्यान्वयनमा ल्याइने जानकारी दिए ।
राष्ट्रपति पौडेलले आगामी आर्थिक बर्षमा प्रमुख खाद्यान्न, तरकारीवाली, आत्मनिर्भर हुने घोषणा गरेका छन् । यसका साथै बीउमा पनि मुलुकलाई आत्मनिर्भर बनाउँदै दुई बर्षमा मत्स्य र पशुपन्छीमा आत्मनिर्भर र ५ बर्षमा फलफूलमा आत्मनिर्भर हुने घोषणा गरिएको छ ।
उनले कृषि क्षेत्रमा नीजि क्षेत्रलाई पनि आकर्षित गर्दै कृषि तथा अन्य प्रकारका उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ स्वदेशमै उत्पादन हुने वातावरण बनाइने बताए । आगामी आर्थिक बर्षमा विशेष उत्पादन क्षेत्र घोषणा गरिने बताउदै उनले सम्भाव्यता क्षेत्रमा चैते धानलाई प्रवद्र्धन गरिने बताए ।
कृषि उपजको उत्पादन चक्र सुरु हुनअघि नै कृषि सुविधाको सुनिश्चितता गर्नुकासाथै न्युनतम समर्थन मूल्यसमेत तोकिने घोषणा गर्दै उनले यसरी तोकिएको न्युनतम समर्थन मूल्यको आधारमा उत्पादन हुनुअघि नै क्रेता र बिक्रेताबीच सम्झौता गराइने व्यवस्था आगामी आर्थिक बर्षमा कार्यान्वयनमा आउने बताए ।
यसैगरी, आगामी आर्थिक बर्षमा नीजि क्षेत्रको सहभागितामा कृषि बजार सञ्चालनमा ल्याउनुका साथै गुणस्तरयुक्त, पारदर्शी र व्यवस्थित रुपमा मल आयात गरिने जानकारी दिए । नेपालमा आयात हुने तरकारी र खाद्यान्नको बिषादी अनिवार्य रुपमा परिक्षण गरिनेछ । यसका साथै खाद्यान्नसम्बन्धी प्रयोगशाला थप विस्तार गरी स्तरोन्नती गरिने नीति सरकारले लिएको छ ।
किसानलाई परिचय पत्र उपलब्ध गराइने र सो परिचयपत्रको आधारमा किसानलाई आवश्यक पर्ने सेवा सुविधा उपलब्ध गराइने पनि घोषणा सरकारले गरेको छ । १ प्रदेशमा १ हजार गाईभैसी अटाउने क्षमताको स्रोत केन्द्र स्थापना गरिनेछ । सिंचाई र खेतीयोग्य जमिनबीच समन्वय गरिने बताउदै उनले कृषियोग्य जमिनमा बर्षैभर सिंचाई सुविधा उपलब्ध गराइने बताए ।
आगामी आर्थिक बर्षमा थप १५ हजार ५ सय हेक्टरमा सिंचाई सुविधा उपलब्ध गराइने छ । यस्तै तराईको ३ लाख १८ हजार हेक्टर जमिनमा सिंचाई सुविधा उपलब्ध गराउन स्यालो र डिपट्युववेल कार्यक्रम सञ्चालनमा ल्याइने सरकारको योजना छ । यसका साथै राष्ट्रिय महत्वको सिंचाई आयोजनालाई तिव्रगतिमा अघि बढाइने नीति सरकारले लिएको छ ।
यसैगरी, सरकारले चालु आर्थिक बर्षमा मल र बीउको सहज आपूर्तिका कारण धानको उत्पादन अध्यधिक बढेको भन्दै कृषि सुविधाको उच्चतम सदुपयोग गरिएका कारण उत्पादन बढेकाले सोही अनुरुप अघि बढ्ने लक्ष्य लिएको छ । चालु आवमा ३ हजार हेक्टर क्षेत्रफलमा थप सिंचाई सुविधा पुगेको भन्दै सरकारले नीति तथा कार्यक्रम मार्फत धेरै कृषि विकासमा कार्यक्रम अघि सारिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।