logo

१० महिनामा ६० प्रतिशत बजेट खर्च, पूँजिगत खर्च जम्मा ३७ प्रतिशत मात्र

    687   पटक पढिएको

१ जेठ/अर्थ र व्यापार – चालु आर्थिक वर्षको वितेका १० महिनाको अवधीमा सरकारको बजेट खर्च करिब ६० प्रतिशत भएको देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार वैशाख मसान्तसम्ममा वार्षिक विनियोजनको ६० दशमलब ३५ प्रतिशत अर्थात् १० खर्ब ५६ अर्ब ८९ लाख २४ हजार रुपैयाँ बराबर खर्च भएको देखिएको छ ।
सरकारले चालु आर्थिक वर्षका लागि कुल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको थियो । जसमध्ये वैशाख मसान्तसम्ममा चालुगतखर्च तर्फ वार्षिक विनियोजनको ६५ दशमलब ९१ प्रतिशत खर्च भएको छ ।
चालु शीर्षकमा ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख रुपैयाँ बराबर वार्षिक विनियोजन भएकोमा हालसम्म ७ खर्ब ५२ अर्ब ५५ करोड ७३ लाख रुपैयाँ बराबर खर्च भएको छ ।
पुँजीगत शीर्षकमा ३ खर्ब दुई अर्ब ७ करोड ४४ लाख रुपैयाँ बराबर वार्षिक विनियोनज भएकोमा वैशाख मसान्तसम्म वार्षिक लक्ष्यको ३७ दशमलब ०४ प्रतिशत अर्थात् १ खर्ब ११ अर्ब ८८ करोड २९ हजार बराबर खर्च भएको छ ।
यसैगरी, वित्तीय व्यवस्थातर्फ ६२ दशमलब ६ प्रतिशत खर्च भएको छ । वित्तीय व्यवस्थातर्फ २ खर्ब ७ अर्ब ४५ करोड ३६ लाख रुपैयाँ बराबर विनियोजन भएकोमा वैशाख मसान्तसम्ममा १ खर्ब ९२ अर्ब ४५ लाख २२ हजार रुपैयाँ बराबर खर्च भएको हो ।
यस अवधिको कुल सरकारी राजस्व संकलन वार्षिक लक्ष्यको ५८ दशमलब २ प्रतिशत छ । चालु आवमा १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ रुपैयाँ बराबर राजस्व उठाउने लक्ष्य रहेकोमा वैशाख मसान्तसम्ममा ८ खर्ब ५७ अर्ब दुई करोड ८० लाख रुपैयाँ बराबर असुली भएको छ ।
त्यसैगरी, कर राजस्वतर्फ १३ खर्ब पाँच अर्ब ४७ करोड ९६ लाख रुपैयाँ बराबरको वार्षिक लक्ष्य रहेकोमा हालसम्म ५७ दशमलब २१ प्रतिशत अर्थात् ७ खर्ब ४६ अर्ब ८३ करोड २८ लाख रुपैयाँ बराबर उठेको छ । त्यस्तै, गैरकर राजस्वतर्फ १ खर्ब १७ अर्ब ६ करोड २१ लाख रुपैयाँ बराबर लक्ष्य रहेकोमा ७२ दशमलब ७ प्रतिशत अर्थात् ८५ अर्ब १० करोड चार लाख रुपैयाँ बराबर असुली भएको छ ।
त्यस्तै, ४९ अर्ब ९४ करोड ३० लाख रुपैयाँ बराबर वैदेशिक अनुदान लिने सरकारी लक्ष्य रहेकोमा हालसम्म लक्ष्यको पाँच दशमलव ५२ प्रतिशत अर्थात् २ अर्ब ७५ करोड ८० लाख रुपैयाँ बराबर अनुदान लिइएको महालेखाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।