logo

बजेट माग्नेहरुको भीड नियन्त्रण गर्न अर्थ मन्त्रालयले भन्यो:अनावश्यक भेटघाटमा नआउनू, इमेलमार्फत बजेटमा सुझाव दिनू

    663   पटक पढिएको


१९ चैत/अर्थ र व्यापार – नयाँ बजेट निर्माणको चटारोमा रहेको अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट मस्यौदा लेखनको काम सुरु गरेको छ ।
आगामी १५ जेठमा बजेट सार्वजनिक हुने दिन नजिकिएसँगै अहिले अर्थमन्त्रालय लगायत विभिन्न मन्त्रालयहरुमा विभिन्न योजना तथा बजेट माग्नेहरुको हाटबजार जस्तै भीड बढेपछि सो भीड नियन्त्रण गर्न अर्थ मन्त्रालयले सोमबार एक सुचना मार्फत इमेलबाट आगामी आर्थिक वर्षकालागि विनियोजन गर्ने नयाँ बजेट तथा कार्यक्रमका लागि सम्बन्धीत सबै सरोकारवालाहरुसँग सुझाव समेत मागेको छ ।
विभिन्न संघ, संस्था, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेशाकर्मी, कर्मचारी, सञ्चारजगत तथा आम नागरिकलाई आगामी बैशाख मसान्तभित्र आगामी बजेटमा सुझाव दिन मन्त्रालयले भनेको छ । जसका लागि मन्त्रालयको वेबसाइटमा रहेको ‘बजेट सजेसन‘मा गएर वा इमेल पठाएर सुझाव दिन सकिने अर्थमन्त्रालयले जनाएको छ ।
आगामी नयाँ बजेट निर्माणका लागि अर्थमन्त्री र कर्मचारीहरु व्यस्त हुने भएकाले अत्यावश्यक बाहेक भेटघाटका लागि नआइदिन पनि अर्थ मन्त्रालयले सम्बन्धीत सरोकारवालाहरुलाई अनुरोध गरेको बताएको छ ।
अर्थमन्त्री वर्षमान पुनले गत शुक्रबार अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्माको संयोजकत्वमा बजेट मस्यौदा लेखन समिति गठन गरेका थिए । सो समितिमा सहसचिवहरु रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य छन् ।
समितिले बजेट लेखन समिति गठन भएको भोलिपल्टै गत शनिबार अर्थमन्त्री पुनबाट आवश्यक निर्देशन लिएर आगामी नयाँ बजेट लेखनको काम थालिसकेको जनाएको छ । अर्थमन्त्री वर्षमान पुनको सचिवालयले यस्तो जानकारी गराएको हो ।
मन्त्रालयका प्रवक्ता एवं सहसचिव उत्तरकुमार खत्रीले बजेट निर्माणको समयमा बिहानदेखि राति अबेरसम्म कर्मचारीले काम गर्नुपर्ने भएकाले पहिल्यै समय लिएर मात्र मन्त्रालयमा आइदिन अनुरोध गरिएको बताए । लोकतन्त्रमा सबै सरकारी निकाय जनताका लागि खुला हुने स्पष्ट गर्दै खत्रीले कामको चाप र संवेदनशीलताका कारण बजेट निर्माण अवधिभर भेटघाटको स्वरुपमा परिवर्तन गरिएको जानकारी दिए ।
२०७२ सालमा जारी नेपालको संविधानमा हरेक वर्ष १५ जेठमा अर्थमन्त्रीले संघीय संसदमा नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने बाध्यकारी व्यवस्था छ । तत्कालीन अर्थमन्त्री प्रकाशशरण महतले गत १४ फागुनमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए ।
वर्तमान अर्थमन्त्री पुनले सोही प्रस्तावमा सांसदहरुका सुझाव समेटेका थिए । संसदमा बजेटका सिद्धान्त र प्राथमिकता पारित भइसकेको छ । अब संसद्बाट पारित भएका सिद्धान्त तथा प्राथमिकतालाई नै आधार बनाएर आगामी आर्थिक वर्षको बजेट निर्माण गरिने अर्थ मन्त्रालयले जनाएको छ । अर्थमन्त्री पुनले पनि आगामी बजेट जनमुखी ल्याउने बताउँदै आएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।