logo

चेम्बर एक्स्पो सम्पन्न, ४० हजारले गरे अवलोकन

    895   पटक पढिएको


२९ फागुन/अर्थ र व्यापार – नेपाल चेम्बर अफ कमर्सको आयोजनामा सातौं चरणको ‘चेम्बर एक्स्पो–२०२४’ सम्पन्न भएको छ । २४–२८ फागुनसम्म सञ्चालन भएको एक्स्पोमा स्थानीय उत्पादनदेखि अन्तर्राष्ट्रिय वस्तुहरु प्रर्दशनीमा राखिएका थिए ।
एक्स्पोको ४० हजार भन्दा बढी दर्शकले अवलोकन गरेको आयोजक नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । आर्थिक सुस्तताकाबीच चेम्बर एक्स्पो भव्यताका साथ सम्पन्न भएको अध्यक्ष राजेन्द्र मल्लले बताए ।
एक्स्पोमा स्वदेशमै उत्पादित कृषिजन्य वस्तुहरु, हस्तकलाका सामग्री प्रर्दशनीमा राखिएको थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रसँगको सहकार्यमा चेम्बरले एक्स्पो सम्पन्न गरेको हो । एक्स्पोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीका १६० भन्दा बढी स्टल रहेका थिए । एक्स्पोमा नेपाल, भारत, दक्षिणकोरिया, बंगलादेश पाकिस्तान लगायतका व्यापारीले समेत सहभागिता जनाएका थिए ।
एक्स्पो मार्फत स्थानीय उत्पादन प्रवद्र्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्न महत्वपूर्ण सहयोग भएको अध्यक्ष मल्लको भनाइ छ । कठिन आर्थिक परिस्थितीकाबीच अर्थतन्त्र चलायमान एवं व्यावसायिक गतिविधि विस्तार गर्न एक्स्पो सफल भएको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।