logo

उद्योग परिसंघद्धारा चिनियाँ राजदूतसँग पोखरा र भैरहवा विमानस्थलमा सिधा उडान भर्न आग्रह

    381   पटक पढिएको


४ फागुन/अर्थ र व्यापार – नेपाल उद्योग परिसंघले नेपालका लागि चिनियाँ राजदूत छन् सोङसँग नेपालमा लगानीकर्ता भित्राउन आग्रह गरेको छ।
परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले राजदूत सोङलाई सीएनआईमा बोलाएर छलफल गरी पर्यटन, सूचना प्रविधि, जलविद्युत, कृषि, भौतिक पूर्वाधारलगायत क्षेत्रमा चिनियाँ लगानी तथा प्रविधि आकर्षित गर्नका लागि पहल गरिदिन आग्रह गरेका हुन्।
उनले सरकारले आगामी वैशाखमा गर्न लागेको लगानी सम्मेलनमा चिनियाँ लगानीकर्ताको समूह ल्याउनका लागि भूमिका निर्वाह गर्न पनि आग्रह गरेको परिसंघद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
अध्यक्ष अग्रवालले चीनले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गरी नेपालको पर्यटन प्रवर्धनमा सहयोग गर्नुपर्ने पनि बताए। पोखरा विमानस्थल संचालनमा आएको एक वर्ष नाघिसक्दा पनि एउटै नियमित उडान भएको छैन। यो विमानस्थल चीनको ऋण सहयोगमा बनाइएको हो। यस्तै भैरहवामा पनि सातामा एउटाभन्दा उडान हुन सकेको छैन।
नेपालकालागि चिनियाँ राजदूत सोङले चीनले नेपाललाई उच्च प्राथमिकतामा राखेको तर तत्काल धेरै क्षेत्रमा लगानी गर्न नसक्ने जवाफ दिए। उनले उच्च सम्भावना भएका निश्चित क्षेत्र पहिचान गरी ती क्षेत्रमा उत्पादन वृद्धिका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए ।
सो छलफलमा परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्मा, उपाध्यक्ष निर्वाण चौधरी लगायतका व्यवसायी सहभागी भएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।