logo

निर्माण व्यवसायीको ६ अर्ब ३० करोड रुपैयाँ तत्काल भुक्तानी गर्न अर्थमन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

    735   पटक पढिएको


२९ पुस/अर्थ र व्यापार – सरकारले निर्माण व्यवसायीले काम गरेबापतको बक्यौता रकम तत्कालै भुक्तानी गर्ने बताएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार अर्थमन्त्री डा.प्रकाशशरण महत र अर्थसचिव डा.कृष्णहरि पुष्करलाई बोलाएर छलफल गरी निर्माण व्यवसायीको रकम तत्काल भुक्तानी गर्न निर्देशन दिएका छन्।
गत आर्थिक वर्षको १ अर्ब ७१ करोड रुपैयाँ सहित अहिलेसम्म सरकारले निर्माण व्यवसायीलाई ६ अर्ब ३० करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ । प्रधानमन्त्रीले विकास निर्माणका कामलाई तीब्रता दिनका लागि व्यवसायीको रकम तत्काल निकासा गर्न आवश्यक रहेको भन्दै यस्तो निर्देशन दिएका हुन ।
प्रधानमन्त्री दाहालले राखेको छलफलमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, सरकारको मुख्यसचिव डा.बैकुण्ठ अर्याल, भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्मा र सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल पनि सहभागी थिए।
भौतिक पूर्वाधारमन्त्री ज्वालाले गत वर्षकै भुक्तानी रोकिएकाले निर्माण व्यवसायीलाई काम लगाउन समस्या भएको गुनासो गरेका थिए । दाहालले भुक्तानी प्रक्रिया आइतबार नै अगाडि बढाउन भनेको उनको सचिवालयले जनाएको छ।
निर्माण व्यवसायीको रकम भुक्तानीपछि विकास निर्माणका कामले गति लिने र अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने सरकारको अपेक्षा छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।