logo

बागलुङ उद्योग बाणिज्य संघद्धारा महासंघका अध्यक्ष ढकाल सम्मानित

    816   पटक पढिएको


१२ पुस/अर्थ र व्यापार – बागलुङ उद्योग बाणिज्य संघले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सम्मान गरेको छ ।
सातौँ बागलुङ महोत्सव उद्घाटनका लागि बागलुङ पुगेका राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार आयोजित कार्यक्रममा महासंका अध्यक्ष ढकाललाई सम्मान गरेका हुन् । बागलुङ उद्योग बाणिज्य संघले महासंघका अध्यक्ष ढकाललाई व्यावसायीक क्षेत्रमा बागलुङलाई चिनाएको भन्दै सम्मान गरेको हो । यसैगरी ढकालसँगै बागलुङका अर्का व्यवसायी एवं प्रभु बैंकका सिइओ शेरचनलाई पनि राष्ट्रपति पौडेलले सम्मान गरेका थिए ।
उद्योग वाणिज्य महासंघका केन्द्रिय अध्यक्ष ढकाल गृहजिल्ला बागलुङमा सम्मानित भएका हुन् । बागलुङ नगरपालिका–१२ अमलाचौरमा जन्मिएका अध्यक्ष ढकाललाई संघले आफ्नो देसको व्यवसायीक क्षेत्रबाट बागलुङ जिल्लाको गरिमा बढाउने काम गरेको भन्दै सम्मान गरेको जनाएको छ ।
आइएमई ग्रुपका अध्यक्ष समेत रहेका महासंघका अध्यक्ष ढकालले व्यावसायीक क्षेत्रमा पाएको सफलताले बागलुङको चिनारी थप विस्तार भएको भन्दै उनलाई सम्मान गरिएको जिल्ला संघले जनाएको छ ।
सामान्य परिवारमा जन्मिएका महासंघ अध्यक्ष ढकालले लामो समयको अथक मेहनतपछि व्यावसायीक क्षेत्रमा सफलता प्राप्त गरेका हुन् । अध्यक्ष ढकालले आफूले आफ्नो जन्मभूमिमा पाएको सम्मान एकदमै अमूल्य रहेको भन्दै महोत्सव आयोजक संघलाई धन्यवाद व्यक्त गरे ।
ढकालले गण्डकी प्रदेशका विकास तथा पर्यटन पूर्वाधारको पूर्णतामा शीघ्र सञ्चालनका लागि आग्रह गरे । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण क्षमतामा सञ्चालन तथा काली गण्डकी कोरिडोर र मध्य पहाडी लोक मार्गको विकासले समग्र गण्डकी प्रदेश तथा बागलुङ जिल्लाको समृद्धिमा ठुलो टेवा पुग्ने बताए ।
उनले गण्डकी प्रदेश भौतिक रूपमा दुई ठुला छिमेकी भारत र चीनसँग जोडिएको तथा पोखरा, मनाङ, मुस्ताङ, काल गण्डकी र हिमाल देखि लिएर बागलुङको ढोरपाटन जस्ता कैयौँ अद्वितीय पर्यटकीय क्षेत्रहरू समेटिएकाले यसबाट फाइदा लिन थप प्रयत्न गर्नुपर्ने बताए ।
उनले दक्षिणी छिमेकीको करिब एक अर्ब मान्छेका आस्थाको केन्द्र मुक्तिनाथ मुस्ताङ प्रवेश गर्ने गेट वे पनि बागलुङ भएकाले यसको थप प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । भारत र चीन जस्ता निकट छिमेकीको जनसंख्या पौने ३ अर्ब रहेको भन्दै उनले नजिकैको ठुलो पर्यटन बजार हुनु ठुलो अवसर भएको बताए ।
यस क्षेत्रमा पर्यटन पूर्वाधारको निर्माणले हवाई र स्थल मार्गबाट थप पर्यटक भित्राउन सकिने यथार्थलाई मनन गरेर प्रदेश सरकारले ध्यान पु¥याउनुपर्ने भन्दै महासंघ अध्यक्ष ढकालले कोरोला नाकाको स्तरोन्नति र अधिकतम प्रयोग एवं पूर्ण सञ्चालनका लागि बागलुङ जिल्ला र गण्डकी प्रदेशका व्यवसायीले पहल लिनुपर्ने समय आएको बताए ।
बेइजिङको समृद्धि भित्राउने र स्थानीय उत्पादन चीन तर्फ निर्यात गर्न कोरोला नाका प्रभावकारी हुने भएकाले संघीय सरकार संगसगै प्रदेश सरकारले पनि अग्रसरता लिनुपर्ने बताए ।
महोत्सवमा सम्मानित भएका ढकाल र शेरचन दुवैजनाले बैंकिङ लगायतका क्षेत्रमा लगानी गरेका छन्। बागलुङ महोत्सवको सुरुआत देखि अहिलेसम्मका महोत्सव सञ्चालन गर्न योगदान दिएका पूर्व अध्यक्षहरुलाई पनि संघले सम्मान गरेको थियो । संघद्धारा सम्मानित हुनेहरुमा व्यवसायीहरु सहदेव राजभण्डारी तथा पूर्व अध्यक्षहरु क्रमशः ध्रुवराज गौतम, बसन्तकुमार श्रेष्ठ, जयराम भारी र युवराज राजभण्डारी रहेका छन् ।
कोरोना विश्व महामारिका कारण स्थगित भएको बागलुङ महोत्सव चारवर्षपछि अहिले आयोजना गरिएको हो । बुधबारदेखि सुरु भएको सो महोत्सव आगामी २१ पुससम्म चल्ने उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष नरेश कँडेलले जानकारी दिए । उनले यो महोत्सव स्थानीय उत्पादनको प्रवद्र्धन र बजारिकरणकालागि निकै उपलब्धीमुलक र फलदायी हुने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।