logo

परिसंघद्धारा आईएमएफलाई नीति, निर्देशनमा दबाब नदिन सुझाव

    893   पटक पढिएको


१७ असोज/अर्थ र व्यापार – नेपाल उद्योग परिसंघले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) प्रतिनिधिमण्डलसँगको भेटमा नीति तथा निर्देशनका लागि दबाब नदिन सुझाव दिएको छ । आईएमएफले विशेषगरी मौद्रिक नीति तथा निर्देशनका लागि राष्ट्र बैंकलाई दिने गरेका सुझावलाई लक्षित गर्दै परिसंघले यस्तो आग्रह गरेको हो ।
आईएमएफका ईसीएफ मिसन प्रमुख टिडियन किन्डा, नेपाल प्रतिनिधि टेरेसा डबान साँचेसहितको प्रतिनिधीले चालु पुँजी कर्जा मार्गदर्शन लागू गरेपछि उद्योगी व्यवसायीलाई परेको असर, सुधारका लागि परिसंघको धारणाबारे छलफल गरेको थियो ।
परिसंघ सचिवालय काठमाडौमा भएको सो छलफलमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपाली अर्थतन्त्रको आफ्नै विशेषता रहेको भन्दै अन्य मुलुक वा सिद्धान्त यहाँको अर्थतन्त्रमा हुबहु लागू नहुने भएकाले अनावश्यक दबाब दिन नहुनेमा आईएमएफको ध्यानाकर्षण गराएका थिए । पेट्रोलियम पदार्थ र वस्तु आयात हुँदाको असर मूल्यवृद्धिमा पर्ने हुँदा नेपालमा मूल्यवृद्धि नियन्त्रणका लागि ब्याज मात्रै बढाउनु उपयुक्त कदम नहुन सक्ने सुझाव अग्रवालले दिएका थिए ।
देसको अर्थतन्त्रमा वस्तुको माग सामान्य अवस्थामा हुादा ब्याजले खासै असर नगर्ने तर, उद्योग क्षमताको ३० प्रतिशतमा मात्रै सञ्चालन हुँदा धेरै असर गर्ने उनको भनाइ थियो । उनले मुद्रास्फीति नियन्त्रण गर्न समग्र माग घटाउन ब्याज बढाउने नीति अबलम्बन गर्दाको असर अर्थतन्त्रमा परेको बताए । आईएमएफको प्रनिनिधिमण्डलले व्यवसायीको कर्जा दुरुपयोगका सम्बन्धमा जिज्ञासा राखेका थिए ।
सोही भेटको क्रममा परिसंघका अध्यक्ष अग्रवालले कोरोना विश्वमहामारिपछि उचित सुपरीवेक्षणको अभावमा केही मात्रामा कर्जाको दुरुपयोग देखिएको बताए । कोरोना कहरपछि नियामकीय निकायले विस्तारै लिनुपर्ने नीतिहरु छिटो समयमै परिवर्तन गर्दा समस्या उत्पन्न भएको उनले बताए । उनले नेपाल राष्ट्र बैंकको नीति, निर्देशन बैंकहरूलाई संरक्षण गर्ने खालको मात्रै भएको बताए । उनले राष्ट्र बैंक र कोषबीचको सम्झौतामा तरलता समस्या समाधानको लागि कर्जाको पुनर्संरचना गर्न दिने भनिएको तर, राष्ट्र बैंकको पछिल्लो नीति यसको विपरित रहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।