logo

फर्निचर एन्ड फर्निसिङ एक्स्पो सुरु, स्वदेशी र अन्तर्राष्ट्रिय ब्राण्ड एकैठाउँमा

    592   पटक पढिएको

११ असोज/अर्थ र व्यापार – काठमाडौको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा फर्निचर प्रदर्शनी तथा मेला (फर्निचर एन्ड फर्निसिङ एक्स्पो) सुरु भएको छ । नेपाल फर्निचर तथा फर्निसिङ संघले आयोजना गरेको नवौँ संस्करणको सो एक्स्पोको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले गरेका हुन् ।
बुधबारदेखि सुरु भएको पाँचदिने एक्स्पो आगामी १५ असोजसम्म चल्ने छ । एक्स्पो उद्घाटन गर्दै मन्त्री रिजालले यस व्यवसायमा भएको लगानी तथा सिर्जना गरेको रोजगारी र सरकारको राजस्वमा पु¥याएको योगदान महत्वपूर्ण रहेको बताए । तर अहिले पनि फर्निचर क्षेत्रको आधा भन्दा बढी माग आयातित सामग्रीबाट आपूर्ति गर्नुपरेको भन्दै उनले यो अवस्थालाई परिवर्तन गर्नु आवश्यक रहेको बताए ।
‘सरकारले आन्तरिक उत्पादन बढाउने, आयात घटाउने र निर्यात प्रवद्र्धन गर्ने नीतिलाई प्राथमिकता दिँदै आएको बताउँदै मन्त्री रिजालले भने, ‘हाम्रो मौलिक कला संस्कृति झल्किने र स्थानीय कच्चा पदार्थमा आधारित हस्तकलाका सामानको निर्यात प्रवद्र्धनमा जोड दिनुपर्छ । ’
उनले देशभित्रै प्रसस्त सम्भावना र स्रोत हुँदाहुँदै पनि विभिन्न खालका काठ र काठजन्य सामग्री बाहिरबाट आयात हुनु मुलुकको अर्थतन्त्रका लागि राम्रो नभएको बताए ।
नेपालको फर्निचर तथा फर्निसिङ बजारको उत्थान गर्दै स्वदेशमै उत्पादित वस्तु तथा सेवालाई एउटै छानामुनि प्रदर्शनीमा ल्याउने उद्देश्यका साथ आयोजना गरिएको प्रदर्शनी निकै उपलब्धीमुलक र फलदायी हुने अपेक्षा गरिएको आयोजक संस्था संघले जनाएको छ ।
यस एक्स्पोमा फर्निचर तथा फर्निसिङ सामग्री बिक्रेता, उत्पादक, आयातकर्ता, वितरक, मेसिनरी तथा प्रविधि हस्तान्तरण, डिलर व्यवसायीलगायत सयभन्दा बढी स्टल प्रदर्शनीमा राखिएका छन् । नेपालमा उत्पादित फर्निचर सामग्रीलाई प्रवद्र्धन तथा बजारीकरण गर्नु प्रदर्शनीको मुख्य उद्देश्य रहेको संघले जनाएको छ ।
एक्स्पोको आयोजक संस्था नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष दिनेश कुमार अग्रवालले अर्थतन्त्रमा महत्वपुर्ण योगदान पु¥याउँदै आएको फर्निचर तथा फर्निसिङ उद्योग र व्यवसायलाई सरकारले संरक्षण गर्न नसकेको बताए । उनले वर्षौ पहिले तर्जुमा भएका कानुन तथा नीति नियमलाई समय सापेक्ष सुधार गर्दै उद्योग व्यवसाय प्रवद्र्धन गर्न सरकारसँग आग्रह गरे ।
संघका महासचिव एवं प्रवक्ता संजय लामाले यस प्रदर्शनीस्थलमा सामान खरिद गर्नका लागि खुला बजार पनि सञ्चालन हुने र प्रवेश निःशुल्क गरिएको बताए । उनले एक्स्पो अवधीघर करिब ५० हजार भन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको बताए । उनले प्रदर्शनीस्थलमा वास्तु तथा इन्टेरियर डिजाइनका लागि विशेष परामर्श सेवा पनि उपलब्ध गराईएको जानकारी दिए ।
एक्स्पो उद्घाटन कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष अन्जनकुमार श्रेष्ठले स्वदेशमा वर्षेनी अर्बौको काठ कुहिएर गइरहेको र फर्निचर तथा फर्निसिङका उत्पादन बनाउन विदेशी काठ आयात गर्नुपर्ने अवस्थालाई सुधार गर्न सरकारको ध्यानाकर्षण गराए ।
उनले उद्योग व्यवसायलाई सरकारले संरक्षण र सहयोग नगरेको भन्दै पछिल्ला दिनहरुमा अवलम्बन गरिएका नीति तथा व्यवस्था तत्काल संशोधन गर्न सरकारसँग आग्रह गरे । उनले उद्योग व्यवसाय बन्द हुने अवस्थामा पुग्दा मुखदर्शक भएर नबस्न पनि सरकारको ध्यानाकर्षण गराए ।
नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेश कुमार अग्रवालले बैंक वित्तीय संस्थाले आफुखुसी तर्जुमा गर्ने नीति नियमका कारण उद्योग व्यवसाय धरापमा परेको भन्दै सरकार र नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गराए । फर्निचरजन्य उद्योगलाई फरक व्यवहार गर्ने काम भएको भन्दै एकनाशको व्यवहार गर्न आग्रह गरेका उनले समग्र उद्योग क्षेत्रलाई घेराबन्दीमा पार्ने काम सरकारबाट नै भएको आरोप लगाए ।
नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघका अध्यक्ष सुजिल श्रेष्ठले फर्निचर व्यवसायीलाई स्वदेशी काठ खरिदका लागि लिलामीमा सहभागी हुन नपाउने व्यवस्था अव्यवहारिक भएको भन्दै यस्तो विभेदकारी नीतिको अन्त्य गर्न माग गरे । बैंकको मोनोपोली, उद्योग सञ्चालन गर्ने स्थानको अभाव, तयारी वस्तुमाभन्दा कच्चा पदार्थमा लगाइएको अधिक भन्सारले उद्योग सञ्चालन गर्न असहज भएको उनको गुनासो थियो ।
यस एक्स्पोलाई किङ कोयलले शीर्ष प्रायोजन गरेको छ । यसैगरी, प्रेष्टिज कार्पेट एशोसिएट पार्टनर रहेको छ । एक्स्पोको पावर्ड वाईमा फर्निचर हब प्रालि रहेको छ । नेपाल चेम्बर अफ कमर्श र नेपाल फर्नचर तथा फर्निसिङ व्यवसायी महासंघले सहकार्य गरेको एक्स्पोको मेन स्पोन्सर्समा डल्फिन मोड्युल्ड फर्निचर, फिदरलाइट, आरओके प्रोडक्ट इण्डष्ट्रीज, सरावगी ओभरसीज् र यती पोलिकेम रहेका छन् । इभेन्ट सोलुसन प्रालिले व्यवस्थापन गरेको एक्स्पोको अफिसियल पार्टनरमा लङसे, भिवोन चियर र वेबट्युन रहेका छन् ।
एकसय भन्दा बढी स्टलहरु रहेको एक्स्पोमा फर्निचर तथा फर्निसिङ सामग्री, उत्पादक, आयातकर्ता, वितरक, मेसिनरी तथा प्रविधि हस्तान्तरण, डिलर र व्यवसायीहरुले आफ्ना उत्पादन तथा सेवाका बारेमा जानकारी तथा बिक्री बितरण हुने संघले जनाएको छ ।
फर्निचर र फर्निसिङ सामग्रीका उत्पादक, मेसिनरी आपूर्तिकर्ता, आयातकर्ता, वितरक, डिलर, इन्टेरियर डिजाइनर, स्टार्टअप तथा फर्निचर उद्योगमा काम गर्न इच्छुक सबैलाई साझा प्लेटफर्म प्रदान गर्न र अर्थतन्त्रलाई चलायमान बनाउन टेवा पुग्ने अपेक्षा सहित एक्स्पो आयोजना गरिएको सो संघले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।