logo

दसैं–तिहार छठपर्व लक्षित सहुलियत मूल्य पसल २१ असोजबाट, ३ मंसिरसम्म सञ्चालन गरिने

    771   पटक पढिएको


१० असोज/ अर्थ र व्यापार – अत्यधिक अकासिएको बजार भाउ नियन्त्रणकालागि चाडपर्व लक्षित सहुलियत मूल्य पसल आगामी २१ असोजबाट सुरु हुने भएको छ । विगतका वर्षहरुकै निरन्तरता स्वरुप सरकारी निकायबाट हुने यस्तो चाडपर्व लक्षित सहुलियत मूल्य पसल आगामी ३ मंसिरसम्म सञ्चालन गरिने भएको छ ।
दसैं,तिहार र छर्ठपर्वकालागि अत्यावश्यक खाद्य तथा दैनिक उपभोग्य बस्तु सुपथ मूल्यमा उपलब्ध गराउन चाडपर्व अवधिभर यस्तो पसल सञ्चालनमा ल्याउन लागिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले यस्तो जानकारी गराएका हुन । उनले चाडपर्व लक्षित सहुलियत मुल्य पसलबाट बद्दो बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सरल, सहज र सर्वसुलभ रुपमा अत्यावस्यक बस्तु तथा सामग्री उपलव्ध गराउने उद्देश्यले सो पसल सञ्चालन गर्न लागिएको बताए ।
चाडपर्वको बेला उपभोग्य बस्तु विक्री वितरण हुने बजारमा निजी क्षेत्रको एकाधिकार तोडेर बजार भाउ नियन्त्रण गर्न सरकारले हरेक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ ।
सरकारले उद्योग, वाणिज्य, तथा आपूर्ति मन्त्रालयको मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन एवं कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानको सहकार्यमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याउन लागेको हो ।
सरकारका यि निकायहरुले संयुक्त रुपमा आयोजन ागर्ने सहुलियत मूल्य पसलमा सबै किसिमका चामल, दालहरु, गहुँ, आटा, पिठो, मैदा, तोरीको तेल, सनफ्लावर तेल, भट्मासको तेल र चिउरामा बजार मूल्यभन्दा प्रतिकेजी ७ रुपैयाँले सस्तोमा बिक्री वितरण हुनेछ ।
यसैगरी, गेडागुडीमा प्रतिकेजी १० रूपैयाँ छुट हुने छ । त्यस्तै, कर्णालीको सिमी तथा गेडागुडीहरु, फापरको दाना, चिनी, कागुनो र उवा र जिउँदो खसी, बोका तथा च्यांग्रामा प्रतिकेजी १० रूपैयाँ छुट हुने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार यसवर्ष सहुलियत मूल्य पसल सञ्चालनका लागि सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई दुई करोड ३२ लाख २० हजार रूपैयाँ बजेट छुट्याएको छ ।
यस्तो सहुलियतपूर्ण बजारमा चिउरामा प्रतिकेजी ७ रूपैयाँ छुट हुने छ । यसैगरी, साल्ट ट्रेडिङ मार्फत बिक्री हुने सामानमा सहुलियत दिन सरकारले १ करोड रूपैयाँ छुट्याएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनलले चिनी प्रतिकेजी ९७ रूपैयाँमा विक्री गर्ने छ । त्यसैगरी, बजार मूल्यको तुलनामा नुनमा प्रतिकेजी दुई रुपैयाँ र तेल तथा चिउरामा प्रतिकेजी ७ रूपैयाँ छुट दिईने छ ।त्यस्तै, दूग्ध विकास संस्थानले घ्यूमा प्रतिकेजी २० रूपैयाँ, पनीर प्रति दुईसय ग्राममा २० रूपैयाँ र प्रति पाँचसय ग्राममा ५० रूपैयाँ छुट दिनेछ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट टे्डिरङको काठमाडौँ उपत्यकामा रहेका विभिन्न आठवटा बिक्री केन्द्र र तीनवटा घुम्ती पसल समेत गरी जम्मा ३५ स्थानमा बिक्री स्थल रहनेछ ।
यसबाहेक मोरङ्ग, झापा, ताप्लेजुङ्ग, संखुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुङ्गा, खोटाङ्ग, सिरहा, जनकपुर, पर्सा, ललितपुर, भक्तपुर, कास्की, तनहुँ, गोरखा, मनाङ्ग, मुस्ताङ्ग, रुपन्देही, बाँके, दाङ्ग, बर्दिया, रुकुम पूर्व र रुकुम पश्चिममा खाद्य व्यवस्था कम्पनीले सहुलियत पसल सञ्चालन गर्नेछ ।
त्यस्तै, रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डंडेलधुरा, बाजुरा, बझाङ्ग, अछाम, दार्चुला, महेन्द्रनगर गरी ४२ जिल्लाका ४८ स्थानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सहुलियतपूर्ण पसल तथा गोदाम रहनेछन् ।
यस्ता पसलहरु आवश्यकता अनुसार थप जिल्ला र स्थानहरुमा पनि सञ्चालन गर्न सकिने मन्त्रालयले जनाएको छ । निःशुल्क अनलाइन होम डेलिभरी, घुम्ती सेवा, सहकारी र डिलहरुकोको माध्यमबाट तोकिए बमोजिमको छुट पाउन सकिने मन्त्रालयले जनाएको छ ।
सञ्चालनमा ल्याइएका सहुलियत मुल्य पसलहरु प्रभावकारी भए–नभएकोबारे अनुगमन गर्न विशेष समिति पनि बनाइएको छ । चाडपर्वको अवधिभर बजार अनुगमनको काम थप तीव्र पारिने मन्त्रालयले जनाएको छ ।
काठमाडौँ उपत्यकाको हकमा उद्योग मन्त्रालयले सहुलियत पसल सञ्चालनको आयोजना अवधिभर अनुगमन टोली बनाई अनुगमन गर्नेछ भने सम्बन्धित संस्थानहरुले पनि आ–आफनो अनुगमन टोली बनाई अनुगमन गर्नेछन् ।
वाणिज्य, आपूर्ति व्यवस्था तथा उपभोक्ता संरक्षण विभागबाट पनि नियमित अनुगमनको अतिरिक्त थप अनुगमन टोली खटाएर सघन रुपमा बजार अनुगमन गर्नेछ । जिल्लाहरुको हकमा प्रमुख जिल्ला अधिकारी वा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अनुगमन टोली गठन गरी सघन रुपमा अनुगमन गरिने मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।