logo

राष्ट्र बैंकले २० अर्बको ट्रेजरी बिल बिक्रीमा राख्यो , ब्याजदर बढ्ने

    764   पटक पढिएको


१८ भदौ/अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्रीमा राखेको छ । बोलकबोल प्रक्रियाबाट ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंकले सरकारलाई आन्तरिक ऋण उठाउन लागेको हो ।
नेपाल राष्ट्र बैंकले २८ दिनको ५ अर्ब रुपैयाँ, ९१ दिनको ६ अर्ब ४ करोड रुपैयाँ, १८२ दिनको ७ अर्ब रुपैयाँ र ३६४ दिनको २ अर्ब रुपैयाँ गरी कुल २० अर्ब ४ करोड रुपैयाँको ट्रेजरी बिल खरिदका लागि प्रस्ताव पेस गर्न इच्छुक संस्थालाई आग्रह गरेको हो ।

सरकारलाई छोटो अवधिका लागि आन्तरिक ऋण उठाउन राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री जारी गर्ने गरेको छ । राष्ट्र बैंकले कम ब्याजदर कबोल गर्ने संस्थालाई ट्रेजरी बिल बिक्री गर्छ । बजारमा तरलता सहज भए पनि ट्रेजरी बिलको ब्याजदरमा गिरावट आएको छैन ।

अन्तर बैंक ब्याजदर ६.३५ प्रतिशतभन्दा माथि रहेकाले ट्रेजरी बिलको ब्याजदर ७ प्रतिशतभन्दा माथि पुग्ने सम्भावना छ । चालू आर्थिक वर्षमा राष्ट्र बैंकले ७ पटक ट्रेजरी बिल बिक्री गर्दै आन्तरिक ऋण उठाइसकेको छ ।
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षमा २८ दिनको ट्रेजरी बिलको औसत ब्याजदर ६.२१ प्रतिशत, ९१ दिनको ट्रेजरी बिलको औसत ब्याजदर ५.८२ प्रतिशत, १८२ दिनको ट्रेजरी बिलको औसत ब्याजदर ६.४९ प्रतिशत र ३६४ दिनको ट्रेजरी बिलको औसत ब्याजदर ६.४४ प्रतिशत छ ।

गत असारमा ९१ दिने ट्रेजरी बिलको औसत ब्याजदर ६.३५ प्रतिशत थियो । असारको तुलनामा सोमबार ब्याजदर केही घटे पनि साउनको तुलनामा भने ब्याजदर बढेको छ । राष्ट्र बैंकले भदौ ११ गते ९१ दिने ४ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल ४.७३ देखि ६.१४ प्रतिशत ब्याजदरमा बिक्री गरेको थियो ।
औसतमा ९१ दिनको ट्रेजरी बिलको ब्याजदर ५.८१ प्रतिशत परेको थियो । यस्तै, ३६४ दिनको ट्रेजरी बिल ६.१४ देखि ६.४७ प्रतिशत ब्याजदरमा बिक्री भएको थियो । औसतमा ६.४३ प्रतिशत ब्याजदर दिँदै राष्ट्र बैंकले २ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो ।
गत २ साउनमा ९१ दिनको ट्रेजरी बिल औसतमा ५.१८ प्रतिशत ब्याजदरमा बिक्री भएको थियो । राष्ट्र बैंकले साउन ९ गते ९१ दिनको ट्रेजरी बिल ५.७८ प्रतिशत ब्याजदरमा बिक्री गरेको थियो ।
२३ साउनमा ९१ दिनको ट्रेजरी बिल ६.१६ प्रतिशत ब्याजदरमा बिक्री भएको थियो । सोही दिन ३६४ दिनको ट्रेजरी बिल ६.३७ प्रतिशत ब्याजदरमा बिक्री गरिएको थियो । साउन ३० गते ९१ दिनको ट्रेजरी बिल ६.४४ प्रतिशत ब्याजदरमा बिक्री भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।