logo

स्टार्टअप राष्ट्र २०३० सम्मेलन : ‘तत्काल स्टार्टअप नीति ल्याउन आवश्यक’

    844   पटक पढिएको


११ भदौ/अर्थ र व्यापार – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्टार्टअपको परिभाषा नहुँदा सरकारले ल्याएका प्रवर्द्धननीतिहरु कार्यान्वयनमा आउन नसकेको बताएका छन् ।
सोमबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको स्टार्टअप राष्ट्र २०३० सम्मेलनमा बोल्दै अध्यक्ष ढकालले सरकारले स्टार्टअप नीति तत्काल ल्याएर स्टार्टअपको परिभाषा गर्न आवश्यक रहेको बताए ।
उनले स्टार्टअप उद्यमको परिभाषा र स्पष्ट नीति नहुँदा स्टार्टअप प्रवर्द्धन कार्यक्रमहरु समेत कार्यान्वयन आउन नसकेको उल्लेख गरे । अध्यक्ष ढकालले सरकारले स्टार्टअप सम्बन्धि स्पष्ट नीति बनाउन नसक्दा स्टार्टअपलाई परिभाषित गर्न नसकिएको बताए ।
उनले सरकारले स्पष्ट स्टार्टअप नीति बनाएर कोभिड महामारीका कारण जोखिममा परेका स्टार्टअपलाई प्रवर्द्धन गर्नुपर्ने आवश्यकता रहेको बताए । सरकारले स्टार्टअप नीति ल्याएर नवप्रवर्तनकारी युवाहरुलाई सहयोग प्रदान गर्नु आजको आवश्यकता रहेको धारणा राख्दै अध्यक्ष ढकालले स्टार्टअप स्थापना पछिको निरन्तरताका लागि आवश्यक पुँजी, उचित मार्गदर्शन र बलियो साझेदारी जरुरी हुने बताए ।
यसैगरी, महासंघ अध्यक्ष ढकालले स्टार्टअप नीतिको तर्जुमा पुँजीको व्यवस्था बजार विकास सुविधाका महासंघले सरकार र अन्य सम्बन्धित सबै क्षेत्रसँग सहकार्य गर्दै आएको बताए । उनले नीतिगत स्पष्टता र सहयोग बिना स्टार्टअप राष्ट्रको लक्ष्यमा पुग्न नसकिने बताए । उनले स्टार्टअप प्रवद्र्धनको लागि स्टार्टअप इकोसिस्टमलाई प्रवद्र्धन प्रभावकारी र क्रियाशिल बनाउन जरुरी रहेको बताए ।
सम्मेलनमा उद्योग,वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले युवाहरुको नवप्रवर्तनकारी विचारलाई व्यवसायमा रुपान्तरण गरी उद्यमशिलता प्रवद्र्धन गर्न नीति बनाइ रहेको बताए । मन्त्री रिजालले सरकारले नवप्रवर्तनकारी विचारहरुलाई व्यवसायमा रुपान्तरण गरी उद्यमशिलता प्रवद्र्धन गर्न निजी क्षेत्र प्राज्ञिक क्षेत्रसँग मिलेर काम गरिरहेको बताए । उनले सरकारले स्टार्टअपका लागि उपयुक्त कानून तथा नीतिगत सुधार गरी उपयुक्त वातावरण सिर्जना गर्न बताए ।
उनले नेपाललाई आगामी २०३० सम्ममा स्टार्टअपमैत्री राष्ट्र बनाउन सरकार औद्योगिक क्षेत्र र शैक्षिक क्षेत्री बीचको सहकार्यलाई थप सुदृढ बनाउन आवश्यक रहेको बताए । मन्त्री रिजालले स्टार्टअपलाई प्रवद्र्धन गर्न परियोजनामा आधारित कर्जा, अनुदान र वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई सहयोग गर्ने कोष स्थापना गरी सहुलियतपूर्ण ऋण उपलब्ध गराउने नीति कार्यान्वयनमा ल्याउने बताए ।
उनले मन्त्रालयले व्यवसाय सम्वद्र्धन केन्द्र कार्यविधि तयार गरी सरोकारवाला निकायहरुसँग राय सुझावको लागि पठाएको बताए । उनले स्टार्टअप उद्यमको लागि स्टार्टअप नीति तयारी गरी रहेको पनि बताए । यसैगरी, मन्त्री रिजालले सरकारको वार्षिक कार्यक्रम र निजी क्षेत्रसँगको सहकार्यले नेपालमा स्टार्टअपका लागि बलियो जग बन्ने अपेक्षा गरिएको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।