logo

प्राधिकरणले बिमा क्षेत्र प्रविधिमैत्री बनाउन कार्यविधि तयार पार्ने

    426   पटक पढिएको


२४ साउन/अर्थ र व्यापार – नेपाल बिमा प्राधिकरणले बिमा कम्पनीहरूलाई डिजिटलाइजेसन प्रविधीमैत्री बनाउन कार्यविधि ल्याउने तयारी गरेको छ ।
बिमा क्षेत्रको नियामकीय निकाय प्राधिकरणले नेपालका बिमा कम्पनीहरू प्रविधिमैत्री हुन नसकेपछि प्रविधीमैत्री बनाउने कार्यविधि ल्याउने तयारी गरेको हो ।
बिमा कम्पनीलाई डिजिटलाइजेसनमा जान पटक–पटक आग्रह गर्दा पनि बेवास्ता भएपछि कार्यविधि नै बनाएर अघि बढ्न लागेको प्राधिकरणले जनाएको छ । कार्यविधिले बिमा कम्पनीमा देखिएको प्रविधि क्षेत्रको कमजोर उपस्थिति सुधार गरी नागरिकका लागि सहज वातावरण तयार गर्ने विश्वास प्राधिकरणले लिएको छ ।
जसकालागि प्राधिकरणले केही समयदेखि नै कार्यविधि निर्माण प्रक्रिया अघि बढाएको छ । यसबाट आमनागरिकलाई बिमामा सहभागी हुन, दाबी गर्न तथा बिमा भुक्तानी लिन सहज भई बढिभन्दा बढी नागरिकलाई बिमाको दायरामा आउन मद्दत पुग्ने प्राधिकरणले जनाएको छ ।
‘अहिलेको युग नै प्रविधिको युग हो । हाल अधिकांश काम घरमै बसेर प्रविधिका माध्यमबाट सहजै गर्न सकिन्छ । तर, नेपालको बिमा क्षेत्र भने अझै पनि प्रविधिमैत्री हुन सकेको छैन’ नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले भने, ‘बिमा क्षेत्र प्रविधिमैत्री नभएकै कारण पनि आमनागरिकलाई बिमाको दायरामा ल्याउन कठिन भएको छ।’
उनले सोही कारण बिमाको दायरा अझ फराकिलो बनाउन डिजिटलाइजेसनमा जानुको विकल्प नरहेको बताए । ‘हुम्लामा दाबी परेको छ भने काठमाडौं आउँदा उसले पाउने रकमभन्दा बढी खर्च भइसक्छ । त्यस्तै समय पनि धेरै खर्च हुन्छ,’ प्रवक्ता पौडेलले भने, ‘यो अवस्था सुधार गर्न र विकट स्थान तथा गाउँ–गाउँमा बिमा पहुँच पु¥याउन हामीले कार्यविधि बनाएर अघि बढ्ने तयारी थालेका हौं।’
यसैगरि, उनले नेपालका सबैजसो गाउँपालिका तथा नगरपालिकामा बैंक पुग्दा पनि दाबी रकम लिन सहर धाउनुपर्ने अवस्था उपयुक्त नभएको बताए। अहिले सबैको हातमा मोबाइल र इन्टरनेट छ। नागरिकले मोबाइलबाटै अधिकांश बिमाका काम गर्न सक्नुपर्ने हो । तर, हालसम्म पनि हामी त्यसतर्फ जान नसकेको बताउँदै पौडेलले भने, ‘त्यसैले बिमा कम्पनीलाई उपलब्ध गराउनुपर्ने अधिकार उपलब्ध गराएर डिजिटलाइजेसनमा जान प्रोत्साहन गर्न लागेका हौं।’
उनले यसबाट बिमामा बढिभन्दा बढी नागरिक जोडिन र सहज बिमाको फाइदा लिन उपयुक्त वातावरण तयार हुने बताए।
नेपालका केही बिमा कम्पनीले सीमित बिमा पोलिसी अनलाइबाट खरिद गर्न सकिने व्यवस्था गरेका छन्। तर, अधिकांश बिमा कम्पनी डिजिटलाइजेसनतर्फ उन्मुख नै हुनसकेका छैनन्। डिजिटलाइजेसनमा गएका कम्पनीको सेवा सुविधा र गुणस्तर पनि निकै कमजोर अवस्थामा छ। त्यसैले कस्तो किसिमको मोडालिटी अपनाउने भन्ने विषयमा पनि प्राधिकरणमा व्यापक छलफल भइरहेको उनले जानकारी दिए।
‘डिजिटलाइजेसनमा जाँदै गर्दा हामीले कस्तो किसिमको मोडालिटी अपनाउने भन्ने विषय पनि प्रारम्भिक चरणदेखि नै छलफलमा छ,’ उनले भने, ‘हाल भारतमा सञ्चालनमा रहेको पोलिसी बजार डटकममा आधारित मोडालिटी अपनाउने हो कि भन्ने जस्तो कुरा चलेको छ।’
उनले अनलाइनबाटै बिमा पोलिसी खरिद गर्न सक्ने किसिमको अवधारणा तयार हुनेगरी कार्यविधि निर्माणको कार्य भइरहेको जानकारी दिए । नागरिकको सहजता र हित प्राथमिकतामा राखी कार्यविधि आउने र त्यसबाट नागरिकलाई नै फाइदा हुने पौडेलको भनाइ छ।
लघु बिमा व्यवसायको विकास, प्रवद्र्धन तथा व्यवस्थापन गरी बिमामार्फत न्यून आय वर्गको जीवन तथा सम्पत्ति सुरक्षा गर्न अगाडि सारिएको लघु बिमालाई पनि डिजिटलाइजेसनतर्फ लग्न यसै कार्यविधिले समेट्ने बिमा प्राधिकरणले जनाएको छ।
प्राधिकरणले हालैमात्र नयाँ सात लघु बिमा कम्पनीलाई सञ्चालन अनुमति दिएको छ भने केही कम्पनी उद्घाटनसमेत भइसकेका छन्। जुन कम्पनीलाई पनि यसै कार्यविधिले समेट्ने छ।
लघुबिमा कम्पनीले जारी गर्ने पोलिसी सानो हुने तथा दाबी भुक्तानी पनि सानै हुन्छ। त्यसैले हामीले लघुबिमालाई डिजिटलाइजेसनमा लग्न झनै आवश्यक भएको बताउँदै पौडेलले भने, ‘हामीले अनलाइनबाटै पोलिसी जारी गर्न नसकेको खण्डमा लघु बिमाबाट नागरिकले फाइदा लिन सक्दैनन्। यसर्थ, यो कार्यविधिले लघु बिमा र अन्य कम्पनी सबैलाई समेट्ने गरी आउँछ।’


उनले मोबाइलबाटै दाबी भुक्तानी गर्न सक्ने प्रविधिमैत्री बनाउँदै लघु बिमालाई पनि अगाडि बढाइने बताए। अन्य क्षेत्र पूर्णरूपमा प्रविधिमैत्री हुँदै गएको अवस्थामा बिमा क्षेत्र प्रविधिमैत्री नभएकाले नै प्रयासअनुरूप बिमाको दायरामा मानिस आउन नसकेको उनको भनाइ छ।
डिजिटलाइजेसनमा गएपछि कम झन्झटिलो, कम खर्चिलो र सहज हुने भएकाले पनि यसतर्फको आकर्षण बढ्ने बताउँदै उनले हाल कार्यविधि निर्माण प्रक्रियामा नै रहेकाले यति नै समयमा आउने निश्चित नभए पनि चाँडोभन्दा चाँडो कार्यविधि ल्याएर डिजिटलाइजेसनतर्फ अघि बढ्नुपर्ने धारणा राखे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।