logo

चुहावट रोक्न आयल निगमका ट्यांकरमा ’बटम लोडिङ’ प्रणाली जडान थालियो

    417   पटक पढिएको


२३ साउन/अर्थ र व्यापार – इन्धन लोडिङको क्रममा हुने चुहावट तथा जोखिम रोक्न नेपाल आयल निगमले ट्याङ्करहरूमा ‘बटम लोडिङ’ प्रणाली सुरु गरेको छ ।
नयाँ प्रविधिको ‘बटम लोडिङ’ सुरुमा दुई वटा ट्यांकरबाट थालनी भएको छ । ’टप लोडिङ’ प्रणालीलाई विस्थापित गर्दै भारतले ‘बटम लोडिङ’ प्रणाली सुरु गरेपछि निगमले पनि यहाँ सुरु गरेको हो ।
निगमका प्रवक्ता मनोज ठाकुरका अनुसार भारतीय आयल कर्पोरेसनको मोतिहारी टर्मिनलबाट पेट्रोल लोड भई आएका २० किलोलिटर क्षमताका २ वटा ट्यांकरमा यो प्रणाली सुरु भएको हो ।
‘सोमबार वाग्मती प्रदेशिक कार्यालय थानकोट डिपोमा भएको अनलोड कार्यमा बटम लोडिङ प्रणाली सुरुआत भएको हो, यो प्रणालीले इन्धन पोखिने, चुहिनेजस्ता सम्भावना अत्यन्त न्यून हुन्छ,’ प्रवक्ता ठाकुरले भने, ‘बटम लोडिङले इन्धन लोडिङ पनि छिटो भएर समय बचत हुन्छ, मुख्य रुपमा वातावरण प्रदूषण र जोखिम न्यून हुन्छ ।’

अहिलेको ’टप लोडिङ’ प्रणालीअनुसार ट्यांकरको माथिल्लो भागमै पाइप लगाएर लोड तथा अनलोड गर्नुपर्ने हुन्छ । अहिलेको यो ’टप लोडिङ’ प्रणालीमा स्टाटिक चार्ज उत्पन्न भइ बढी जोखिम रहन्छ । ’बटम लोडिङ’ प्रणालीमा ट्यांकरको तल्लो भागबाटै पेट्रोलियम पदार्थ लोड तथा अनलोड गर्न सकिन्छ । ’बटम प्रणाली’बाट हुने लोड तथा अनलोडमा जोखिम अत्यन्त न्यून रहने निगमले जनाएको छ ।
‘यो प्रणाली प्रयोग गर्दा चुहावट हुने वा आगलागी हुने सम्भावना कम हुन्छ । वातावरणीय हिसावले पनि उचित हो,’ ठाकुरले भने । पछिल्लो समय भारतमा बटम लोडिङ नै लागू भएको छ ।
नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक दीनानाथ मिश्र संयोजकत्वमा गठित समितिले दिएको सुझाव अनुसार निगमले ट्यांकरहरूमा ‘बटम लोडिङ’ प्रणाली जडान गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।