logo

देसको अर्थतन्त्रमा सुधारको संकेत,नयाँ आवको पहिलो १० दिनमै सरकारी खर्चभन्दा आम्दानी झन्डै २ अर्ब बढी

    1177   पटक पढिएको


११ साउन/अर्थ र व्यापार – विगतका वर्षहरुको तुलनामा अहिले देसको अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ । चालु नयाँ आर्थिक वर्ष २०८०/८१ प्रारम्भको पहिलो १० दिनमा नै सरकारको खर्चभन्दा आम्दानी झन्डै २ अर्ब रुपैयाँले बढी देखिएको छ ।
१० साउनसम्म सरकारले राजस्व र अन्य आम्दानीबाट १४ अर्ब ५५ करोड २३ लाख रुपैयाँ आम्दानी गरेको छ । यो अवधिमा खर्च भने १२ अर्ब ६४ करोड ६४ लाख रुपैयाँ भइसकेको छ । चालु आर्थिक वर्षको सुरुवाती साउन महिनाको यस अवधिमा राजस्वबाट सरकारले १० अर्ब ९६ करोड रुपैयाँ आम्दानी गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
अन्य आम्दानी ३ अर्ब ५८ करोड रुपैयाँ भएको देखिन्छ । यसैगरि, खर्चतर्फ १० दिनमा चालु प्रकृतिको खर्च ५३ करोड ६४ लाख रुपैयाँ भएको छ भने पूँजीगत खर्च अझै सुरु भइसकेको छैन ।
वित्तीय व्यवस्थामा भने सुरुवातमै १२ अर्ब ११ करोड रुपैयाँ खर्च भइसकेको छ । यो कुल लक्ष्यको ३.६६ प्रतिशत खर्च हो । चालु आवमा सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ ।
अर्थ मन्त्रालयले यस वर्ष बजेट कार्यान्वयनको नमुना वर्ष बनाउने भन्दै अहिले सबै मन्त्रालयहरुलाई तोकिएको समय सीमाभित्र बजेट खर्च गर्न निर्देशन दिइसकेको अवस्था छ ।
अर्थ मन्त्रालयले बुधबार मात्र देसभरका सबै मन्त्रालयका सचिवहरुलाई आर्थमन्त्रालयमा बोलाएर यस्तो निर्देशन दिएको हो । आगामी कात्तिक मसान्तभित्र ठेक्का प्रक्रिया सम्पन्न गरी त्यसको १५ दिन भित्र काम सुरु गर्न अर्थ मन्त्रालयले सबै मन्त्रालयका सचिवहरुलाई कडा निर्देशन दिएको छ ।
जसकालागि अर्थ मन्त्री डा. प्रकाशशरण महतले काम सम्पन्न भएर भुक्तानीका लागि आएका बिल अर्थ मन्त्रालयबाट बढीमा १५ दिन भित्र पास गरी पठाइने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
यस पटक असारे खर्च हुन नदिने अर्थमन्त्री महतको प्रतिबद्धता छ । उनले यो आर्थिक वर्षलाई बजेट कार्यान्वयनको नमुना वर्ष बनाउने सरकारको लक्ष्य भएकाले सोही लक्ष्य अनुरुप काम गर्न सबै मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएका हुन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।