logo

मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले गर्यो नीतिगत दर ०.५ प्रतिशत घटाउने घोषणा

    733   पटक पढिएको


७ असार/अर्थ र व्यापार – नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत् नीतिगत दर घटाउने घोषणा गरेको छ । हाल ७ प्रतिशत रहेको नीतिगत दर घटाउँदै राष्ट्र बैंकले ६.५ प्रतिशत बनाउने निर्णय गरेको छ ।
आइतबार सार्वजनिक मौद्रिक नीतिमा सिलिङ रेट (स्थायी तरलता सुविधा (एसएलएफ) दर) भने परिवर्तन गरेको छैन । तर, फ्लोर रेट (निक्षेप संकलन दर) ५.५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गर्ने क्रममा यस्तो निणर्य भएको बताएका हुन ।
विदेशी मुद्राको सञ्चितिमा दबाब परेको भन्दै राष्ट्र बैंकले २०७८ फागुन १८ मा नीतिगत दर ह्वात्तै बढाएको थियो । कर्जा लगानी सुस्त बनाउन राष्ट्र बैंकले २०७८ फागुन १८ गते ५ प्रतिशत रहेको सिलिङ दरलाई ७ प्रतिशत बनाएको थियो ।
यस्तै, ३.५ प्रतिशत रहेको नीतिगत दरलाई बढाएर ५.५ प्रतिशत र २ प्रतिशत रहेको निक्षेप संकलन दरलाई बढाएर ४ प्रतिशत बनाइएको थियो । २०७९ साउन ८ गते सार्वजनिक मौद्रिक नीतिले बाह्य क्षेत्र सन्तुलनमा नआएको भन्दै तिनवटै दरलाई बढाउने निर्णय गरेको थियो।
गत वर्ष मौद्रिक नीति मार्फत राष्ट्र बैंकले एसएलएफ दर, रिपो दर र निक्षेप संकलन दर १.५ प्रतिशत बढाउने निर्णय गरेको थियो। गत आर्थिक वर्षको तेस्रो समिक्षापछि राष्ट्र बैंकले बैशाख ३१ गते स्थायी तरलता सुविधा(एसएलएफ) दरलाई ८.५ प्रतिशतबाट घटाएर ७.५ प्रतिशत बनाएको थियो । अन्य दरहरूमा भने कुनै हेरफेर भएको थिएन ।
राष्ट्र बैंकले कारोना महामारीको क्रममा नीतिगत दरहरु घटाएको थियो । तर, पछिल्ले डेढ वर्ष विदेशी मुद्राको सञ्चितिमा गिरावट आएको भन्दै बढाईएको नीतिगत दरलाई घटाएर कोरोना पूर्वको अवस्थामा पुर्याइएको छ ।

नीतिगत दर घटेपनि कर्जाको ब्याजमा असर नगर्ने

नेपाल राष्ट्र बैंकले तोक्ने नीतिगत दरहरु बैंक वित्तीय संस्थाले राष्ट्र बैंकबाट पैसा लिँदा लागु हुन्छन् । अहिले बैंक वित्तीय संस्थासँग अधिक तरलता भएकाले राष्ट्र बैंकले रिभर्स रिपो मार्फत् पैसा खिचिरहेको छ ।
जसले गर्दा नीतिगत दर कम हुँदैमा बैंक वित्तीय संस्थाले राष्ट्र बैंकबाट तत्कालै पैसा लिने सम्भावना छैन् । जसले गर्दा नीतिगत दर घटे लगत्तै व्यवसायीको ऋणको ब्याज भने घट्दैन् ।
राष्ट्र बैंकले नीतिगत दर घटाउँदै निक्षेप र कर्जाको ब्याजदर घटाउनु पर्ने संकेत गरेकाले आगामी दिनमा बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याज घटाउँदै जाने र त्यसले क्रमश कर्जाको ब्याजदर पनि घटाउने छ ।
नीतिगत दर घटेको प्रत्यक्ष लाभ भने सरकारलाई हुने देखिन्छ । बैंक वित्तीय संस्थाले ट्रेजरी बिल खरिद गर्दै सरकारलाई ऋण दिँदा सामान्यतया नीतिगत दरभन्दा बढी ब्याज माग गर्ने गर्छन् ।
हाल ७ प्रतिशत नीतिगत दर भएकालेले गत आर्थिक वर्षमा सरकारले लिने ऋणको औषत ब्याजदर ७ प्रतिशत भन्दा माथी छ । राष्ट्र बैंकले नीतिगत दर १ प्रतिशतले मात्रै घटाउँदा आन्तरिक ऋणको औषत ब्याजदर १ प्रतिशत भन्दा बढी बिन्दुले घट्ने निश्चित छ । चालू आर्थिक वर्षमा सरकारले २ खर्ब ४२ अर्ब रुपैयाँ आन्तरिक ऋण लिने योजना बनाएको छ । यदी ब्याजदर १ प्रतिशतले मात्रै घट्दा पनि सरकारलाई २ अर्ब ४२ करोड रुपैयाँ लाभ हुने देखिन्छ ।
गत आर्थिक वर्षको अन्त्यमा संघिय सरकारको सञ्चित कोष करिब २ खर्ब रुपैयाँले घाटामा भएकाले चालू आर्थिक वर्षमा खर्च व्यवस्थापन गर्न सरकारले साउनदेखी आन्तरिक ऋण लिनु पर्ने बाध्यता छ । निक्षेपको ब्याजदर घट्दै बैंक तथा वित्तीय संस्थाको आधारदर घटीरहेको अवस्थामा राष्ट्र बैंकले नीतिगत दर माथी नै राख्दा सरकारको खर्च मात्रै बढेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।