logo

राजस्व संकलन घट्यो,गत वर्षभन्दा १० प्रतिशत न्युन

    887   पटक पढिएको


१ साउन/अर्थ र व्यापार – सरकारको भन्सार राजस्व लक्ष्यको आधा मात्रै संकलन हुँदा गत आर्थिक वर्ष (आव) २०७९/८० मा मुलुकको समग्र राजस्वमा ठुलो खाल्टो परेको छ । आर्थिक वर्ष २०७८/७९ मा १० खर्ब ६७ अर्ब ९५ करोड रुपैयाँ राजस्व उठेकोमा आव २०७९/८० मा ९ खर्ब ५७ अर्ब १५ करोड रुपैयाँ मात्रै राजस्व उठाउन सफल भएको छ ।
गत आर्थिक वर्षमा उठेको राजस्व अघिल्लो आवको तुलनामा १ खर्ब ११ अर्ब रुपैयाँ कम हो । सरकारले चालु आर्थिक वर्षमा लिएको लक्ष्य पु¥याउने त कल्पनै नगरौं अघिल्लो आवको तुलनामा पनि १० दशमलव ३ प्रतिशत कम राजस्व उठेको छ ।
सरकारले गत आर्थिक वर्षमा लिएको लक्ष्यको तुलनामा साढे ४ खर्ब कम मात्रै राजस्व उठाएको छ । सरकारी राजस्व र वास्तविक संकलनबीचको यति ठूलो खाडल इतिहासमा अहिलेसम्म परेको थिएन ।
महालेखा नियन्त्रकको कार्यालयका अनुसार ३१ असारसम्म सरकारले संकलन गरेको ९ खर्ब ५७ अर्ब १५ करोड रुपैयाँ गत आवको लक्ष्यको तुलनामा ६८.२१ प्रतिशत मात्रै हो । सरकारले त्यस आवमा कुल १४ खर्ब ३ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो।
यस वर्ष कर राजस्व ६६.८२ प्रतिशत र गैरकर राजस्व ८४.९३ प्रतिशत मात्र उठेको छ । सरकारले कर संकलन गर्ने जिम्मेवारी दिएका प्रमुख दुई निकाय भन्सार विभाग र आन्तरिक विभाग दुवैले लक्ष्य भेटाउन सकेनन् । तर, सरकारको राजस्वमा यति ठूलो खाडल पर्नुमा सबैभन्दा ठूलो योगदान भन्सार राजस्वको छ ।
सरकारले लिएका आयात नियन्त्रणात्मक नीतिको प्रभाव स्वरुप आयात ठूलो मात्रामा घटेको र त्यसको प्रभाव राजस्वमा देखिएको विभागको विश्लेषण छ । विभागका सूचना अधिकारी पुण्यबिक्रम खड्काका अनुसार विभागले यस वर्ष ६ खर्ब ६८ अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेको थियो । संकलन भने ३ खर्ब ९१ अर्ब ४४ करोड रुपैयाँ भएको छ ।
यो लक्ष्यको ५८.५३ प्रतिशत मात्रै हो । यस वर्ष सुरुवाती महिनाबाटै सोही दरमा राजस्व उठेको र अन्तिमसम्म पनि यही नै दर कायम रहेको उनले बताए । सरकारले अघिल्लो आवको सुरुवाती महिनामा वैदेशिक मुद्राको सञ्चितिमा चाप देखिएको भन्दै आयात निरुत्साहित गर्ने नीति लिएको थियो ।
सो वर्ष आन्तरिक राजस्वमा आएको संकुचनले मुलुकभित्र समेत आर्थिक गतिविधि नहुँदा आयात नियन्त्रणको नीति खुकुलो हुँदा समेत अपेक्षित आयात बढ्न सकेन । यसले समग्रमा राजस्व संकलन प्रभावित भएको सरकारको विश्लेषण छ । राजस्व संकलन कम हुँदा यस वर्ष सरकारको खर्च र आम्दानीको बीचमा ठूलो खाडल देखिन पुगेको हो ।
आन्तरिक राजस्वले उठायो ४७८ अर्ब
अघिल्लो आवमा आन्तरिक राजस्व विभागले ४ खर्ब ७८ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार अहिले देशैभरबाट राजस्व संकलनको विवरण अपडेट गर्ने क्रम जारी छ । करिब २ अर्ब रुपैयाँ थप हुन सक्ने देखिएको छ । यस आवमा विभागले ६ खर्ब २६ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य पाएको थियो । संकलित राजस्व लक्ष्यको ७६.३५ प्रतिशत मात्र हो ।
यस वर्ष आयकर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्क तीन वटै वर्गमा राजस्व लक्ष्य अनुसार उठ्न नसकेको विभागको तथ्यांकमा उल्लेख छ । विभागले असार मसान्तसम्म ३ खर्ब ४ अर्ब रुपैयाँ आयकर संलकनको लक्ष्य राखेको थियो ।
संकलन भने २ खर्ब १२ अर्ब रुपैयाँ मात्र भएको छ । मूल्य अभिवृद्धि कर १ खर्ब ४० अर्ब २४ करोड उठ्ने अनुमान गरिएकोमा १ खर्ब १७ अर्ब २० करोड रुपैयाँ मात्र उठेको छ । अन्तःशुल्क १ खर्ब २९ अर्ब रुपैयाँ उठ्ने लक्ष्य राखिएकोमा १ खर्ब ३ अर्ब ९० करोड रुपैयाँ मात्र उठेको छ ।
ब्याजकर ३९ अर्ब ७४ करोड उठ्ने अनुमान गरिएकोमा ३२ अर्ब ८९ करोड रुपैयाँ मात्र संकलन भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।