logo

‘घरजग्गाको कारोबारमा व्यक्तिले तिर्ने लाभकर नै अन्तिम कर हो’

    708   पटक पढिएको

५ असार/अर्थ र व्यापार – आन्तरिक राजस्व विभागले सेयरमा जस्तै घरजग्गामा पनि प्राकृति व्यक्तिले तिर्ने पूँजीगत लाभकर नै अन्तिम कर हुने बताएको छ ।
विभागले नेपाल जग्गा तथा आवास विकास महासंघलाई एक पत्र लेख्दै प्राकृतिक व्यक्तिले लगानी गरेको जग्गा तथा घरजग्गाको बिक्री गर्दा हुने लाभमा साविक बमोजिमकै कानुनी व्यवस्था कायम रहेको बताएको हो ।
त्यस्तो कारोबारबाट भएको लाभमा नियमअनुसार दाखिला भएको ५ प्रतिशत र ७.५ प्रतिशत पूँजीगत लाभकर नै अन्तिम हुेन आन्तरिक राजस्व विभागले बताएको छ ।
अर्थमन्त्री डा. प्रकशशरण महतले १५ जेठमा संसदमा प्रस्तुत गरको आर्थिक विधेयकमा प्राकृति व्यत्तिले धितोपत्र र जग्गा तथा घरजग्गाको व्यावसायिक कारोबार गर्दा हुने लाभको आय विवरण पेश गरेको छैन भने आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ सम्कको आय विवरण पेश गरी कर दाखिला गर्दा लाग्ने करको ५० प्रतिशत छुट दिने बताएका थिए ।
यसैगरि, उनले आर्थिक वर्ष २०७६/७७ भन्दा अगाडिको त्यस्तो आयमा कर मिनाहाको घोषणा गरेको थिए । त्यससँगै,व्यावसायिक रुपमा सेयर र घरजग्गाको कारोबार गर्नेहरु ३ वर्षको आय विवरण पेश गरी कर तिर्नुपर्ने अवस्था आएको भन्दै त्यसलाई रोक्न लबिइङ गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।